जापानको ओशाकामा अशक्तहरु चढेकाृ गाडी दुर्घटना हुँदा १८ जना घाइते

13 November, 2017 19:55 | जापान | comments | 6000 Views

पश्चिमी जापानमा मानसिकरुपमा अशक्तहरुलाइ बोकेको मिनिबस सडकबाट ५ मिटर तल झर्दा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

नजिकैको सुधार केन्द्रतर्फ गइरहेको बस सोमबार विहान ओशाका प्रान्तको इसुमीसानोमा दुर्घटनाग्रस्त भएको थियो । उक्त बस रेलिङ नभएको सडकमा गुडिरहेको थियो । बसमा सवार ६७ वर्षिय चालक लगायत २० देखि ६० वर्षका सबै यात्रुहरुको सकुसल उद्धार गरिएको छ ।

चालकले विपरीत दिशाबाट आइरहेको गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको बताएका छन् भने चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रहरीको ठहर रहेको छ ।

अपडेटः कैलाली बस दुर्घटनामा मृत्यु भएका तीनको सनाखत, ३७ घाइते

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More