जापानको चुनावमा मतदाताको आशा तथा चासो

11 October, 2017 14:26 | जापान | comments | 16650 Views

तल्लो सदनको चुनावको लागि मंगलबारको प्रचारप्रसारसंगै औपचारिक जापान चुनावमय भएको अवस्थामा पहिलोपटक मतदान गर्ने तथा अन्य मतदाताहरुले आशा तथा चासो राखेका छन् ।

प्रधानमन्त्री शिन्जो आबेले फुकुशिमालाई सम्बोधन गरेसंगै त्यहाँका ७१ वर्षिय कृषक तेत्सुयो योसिदाले आफ्नो लागि २०११ को भुकम्प तथा आणविक प्रकोपको पुननिर्माण सबैभन्दा महत्वपूर्ण रहेको धारणा ब्यक्त गरेका छन् । चुनाव प्रचारको लागी पहिलो गन्तब्य फुकुसिशमालाई बनाएका आबेले पुननिर्माणमा उत्साह देखाएका थिए ।

२०१२ डिसेम्बरमा सत्तामा आएसंगै निरन्तर पाँच वर्षसम्म जापानी अर्थतन्त्रमा बृद्धि भइरहेको आबे प्रशासनको दाबीमा असन्तुष्टी जनाउँदै फुकुशिमाकी ५२ वर्षिया गृहिणी मिवाको ओगावाले आफुले अर्थतन्त्रमा सुधार महसुस नगरेको गुनासो गरेकी थिइन् ।
गत वर्ष मतदमनका लागि उमेरको हद २० वर्षबाट घटाएर १८ वर्ष कायम गरिएपछि १८ तथा १९ वर्षिय युवाहरुले पहिलोपटक मतदान गर्न पाउने भएका छन् । युवाहरुको विचार राष्ट्रिय राजनीतिमा झल्काउन यस्तो निर्णय गरिएको थियो ।

नागाशाकी विश्वविद्यलयका १९ वर्षिय एत्सुमी फुकुइले सबै दलहरुको आणविक हतियार योजना प्रष्ट नभएको भन्दै आफुले कसलाई मतदान गर्ने भन्नेमा निर्णय नगरेको र उनीहरुले यो विषयमा प्रष्ट नभएसम्म उम्मेदवारको छनौट नगर्ने धारणा अघि सारेका छन् । सबै उम्मेदवारहरुको जापानले अमेरिकाको आणविक छातामा रहने वा अन्य विकल्पको खोजीको विषयलाई मुल्यांकन गरेपछि मात्र आफुले मतदान गर्ने उम्मेदवारको छनौट गर्ने उनले जनाएका छन् ।

जापानमा चुनावी प्रचारप्रसार सुरु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

यू १६

फेसबुक

यू १६

ट्वीटर

सामाजिक सञ्जाल

More