जापानको जनसंख्या निरन्तर घट्दै

16 April, 2018 15:35 | जापान | comments | 9300 Views


लगातार सातौँ वर्ष घट्दो क्रममा रहेको जापानको जनसंख्या २०१७ मा १२ करोड ७० लाख पुगेको छ जसमा सबैभन्दा बढि ६५ वर्ष वा माथीका २७.७ प्रतिशत रहेको सरकाको तथ्यांकले देखाएको छ ।

विश्व स्वास्थ्य संघका अनुसार ६५ वर्ष वा माथीको जनसंख्याको अनुपात ७ प्रतिशतभन्दा बढि भएमा उक्त देशलाई बृद्धहरुको देश मानिन्छ । जापानमा भने उक्त अनुपात विश्वमै सवैभन्दा बढि रहेको छ । गत वर्षभन्दा २ लाख २७ हजार घट्दै अक्टोबर १ मा जापानको जनसंख्या १२ करोड ६७ लाख १० हजार पुगेको छ भने जापानका ४७ मध्ये ४० प्रान्तहरुको जनसंख्या घट्दै गइरहेको आन्तरिक मामिला तथा सुचना मन्त्रालयको आँकडाले देखाएको छ । जनसंख्या बृद्धि भएका ७ प्रान्तमध्ये टोकियोको बृद्धिदर सर्वाधिक ०.७३ प्रतिशत रहेको भने राजधानी नजिक रहेका कानागावा र चिबा प्रान्तमा पनि जनसंख्या बृद्धि भएको देखिएको छ । उक्त तथ्यांकमा तीन महिनाभन्दा बढि समय जापानमा रहेका विदेशी कामदार र विद्यार्थी पनि उल्लेखित छन् ।

जापानी नागरिकलाई मात्र लिने हो भने जनसंख्या गत वर्षभन्दा ३ लाख ७२ हजार घटेर १२ करोड ४६ लाख ५० हजार पुगेको छ । विदेशी कामदारको बृद्धिका कारण जापानमा वसोवास गर्ने विदेशी नागरिकको संख्या पहिलोपटक २० लाख नाघ्दै २० लाख ६ हजार पुगेको छ ।

जनसंख्या घटेपछि आकिताकामा विदेशी नागरिकहरुलाई सेवा सुविधामा बढवा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More