जापानको यौन पार्लरमा चारको मृत्यु , कम्तिमा आठ घाइते

18 December, 2017 14:01 | जापान | comments | 20100 Views

टोकियोको उत्तरतर्फ पर्ने साइतामाको एक यौन सुविधा पार्लरमा आइतबार भएको आगलागीका कारण चार जनाको मृत्यु र कम्तिमा आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पार्लर रहेको तीन तले घरमा दिउँसोको २ बजे आगो लागेको थियो र बोइलर रुम रहेको तेस्रो तलामा एकजनाको मृत शरिर भेटिएको थियो । दमकल कर्मचारी र उद्धारकर्ताले ५ जना पुरुष र पाँच महिलालाई अस्पताल पुर्याएका छन् भने ४० देखि ५० वर्ष उमेरको एक पुरुष र करिब २० वर्षका दुइ महिलाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै एक महिला गम्भिर अवस्थामा रहेकी र अन्य सामान्य घाइते भएका छन् ।

केयौँ मानिसहरुले फोन गरेपछि जेआर ओमिया स्टेसनबाट ५०० मिटर उत्तरतर्फ पर्ने घटनास्थलमा करिब २० दमकल पठाइएका थिए । प्रत्यक्षदर्शीका अनुसार उक्त स्थान धुवाँले पूर्ण रुपमा ढाकिएको र भित्र रहेकाहरु बाहिर निस्कन सकिरहेका थिएनन् । १९५ वर्ग मिटर क्षेत्रफल रहेको भुइ रहेको बिल्डिङबाट आगो नियन्त्रणमा लिन पाँच घण्टा लागेको थियो । छिमेकीका अनुसार आगलागी हुँदा हावा चलिरहेको र उक्त भवनबाट कालो धुवाँको मुस्लो निस्कीरहेको थियो ।

वयस्क मनोरन्जन जिल्लामा रहेको कावाइ ओमिया नामक पार्लरमा गत वर्षको जुनमा साइतामा शहरको दमकल विभागले गरेको निरिक्षणमा यस भवनको आगलागी सुरक्षा सुविधिमा कुनै खराबी नरहेको बताएको थियो । त्यसबेला दमकल विभागको सुझावअनुसार आपतकालिन अवस्थामा मानिसहरुलाई सुरक्षित स्थानतर्फ भाग्न सजिलो होस भनेर पार्लरका संचालकले सामानहरु करिडोरमा राखेको थियो ।

छुट्टाछुट्टै आगलागीबाट रु बीस लाखको क्षति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More