६ बर्षमा पहिलो पटक जापानको व्यापार क्षेत्रमा सुधार

21 April, 2017 17:49 | जापान | comments | 4200 Views

जापानको व्यापार

जापानको व्यापार क्षेत्रमा विगत ६ बर्षमा पहिलो पटक सुधार आएको छ ।

अर्थ मन्त्रालयका अधिकारीका अनुसार मार्चमा समाप्त भएको आर्थिक बर्ष २०१६ को तथ्याङ्कमा सो सुधार आएको  बताएका छन् । अधिकारीका अनुसार अघिल्लो बर्षको तुलनामा  अतिरिक्त  मुनाफा करिब ४० खर्ब येन यानी लगभग ३७ अर्ब डलर पुगेको छ ।

यसको प्रमुख कारण भने तेलको मूल्यमा आएको गिरावटका साथसाथै प्राकृतिक ग्यासको मूल्यमा आएको गिरावटलाई लिइएको छ । तेल तथा ग्यासको मूल्यमा पाँच बर्षमा पहिलो पटक अमेरिकी बजारको तुलनामा अतिरिक्त गिरावट आएको हो ।

यसरी तेल तथा ग्यासको मूल्यमा गिरावट आउनुमा सवारी साधनको निर्यातमा कमी आउनु रहेको छ । यसका साथै कपडा र विद्युतीय सामानका आयातमा कमि र  चीनसंग भएको व्यापारमा आएको कमिलाई पनि मुख्य कारणमा लिइएको छ ।- अादर्श देवकाेटा 

जनताले धेरै काम गरेकाले आलोचना खेप्दै जापान सरकार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More