जापानद्वारा उत्तर कोरिया १ – ० ले पराजित

10 December, 2017 16:47 | जापान | comments | 25350 Views

दुइ देशबिच चलिरहेको तनावबिच भएको इस्ट एशियन च्याम्पियनसीप अन्तर्गत शनिबार भएको जापान र उत्तर कोरियाको खेलमा ९३ औँ मिनेटमा गोल गर्दै जापान १ – ० ले विजयी भएको छ ।

प्योङयाङमाथीको प्रतिबन्धका कारण उत्तर कोरियालीहरुलाई जापानमा प्रतिबन्धित गरिएकाले उक्त खेल सम्पन्न हुनेमा समेत आशंका रहेको थियो । यसै साता बेइजिङस्थित जापानी दुतावासबाट उत्तर कोरियालीका लागि विशेष भिसा प्रदान गरिएको थियो । उत्तर कोरियाको समर्थनमा झण्डासहित उपस्थित जापानमा वसोवास गर्दै आएका कोरियाली लगायत २० हजार दर्शकमाझ अतिरिक्त समयमा आयोजक जापानका लागि योसुके इदेगुचीले विजयी गोल गरेका थिए ।

जापान , चीन , उत्तर तथा दक्षिण कोरियाको सहभागिता रहेको यस च्याम्पियनसीपको शनिबार भएको खेलमा दक्षिण कोरिया चीनको खेलमा भने २ – २ को बराबरी भएको थियो ।

जापानद्वारा उत्तर कोरियामाथि दवाब बढाउन चीनलाई आग्रह

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जाजरकोटमा खाद्यान्न अभाव

फेसबुक

जाजरकोटमा खाद्यान्न अभाव

ट्वीटर

सामाजिक सञ्जाल

More