Monday 29, May 2017
नेपाली समय: 01:17:49
जापानी समय: 04:32:49

जापानबाट कास्की फुटवल संघलाई फुटबल सामग्री हस्तान्तरण

11 January, 2017

 फुटबल सामग्री हस्तान्तरण

गत २८ डिसेम्वर बुधबारका दिन पोखरा रंगशालाको खुल्ला मैदानमा कास्की फुटवल संघ नेपाललाई जापानबाट फुटबलका खेल सामग्रीहरु हस्तान्तरण तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बाल फुटबल सहयोग समिति जापानका संयोजक शरद कुमार गौचनले खेल सामग्रीहरु बल, बिवस्- टिसर्ट, फोटो एल्वम, झोला, म्यागेजिन र कलम आदि कास्की फुटबल संघका अध्यक्ष धरम बहादुर लामिछाने र फुटबल प्रशिक्षकद्धय शंम्भु केसी र राजेन्द्र तामाङ्गलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग समितिका संयोजक गौचनलाई विदेशमा रहेर पनि नेपालको खेल विकाशको लागि उत्कृष्ट कार्य र योगदान गरेवापत स्वागत सम्मान पनि गरिएको थियो ।

 फुटबल सामग्री हस्तान्तरण

कार्यक्रममा बाल फुटबल सहयोग समिति जापानका संयोजक गौचनले जापानको गतिविधि स्मरण गराउदै २०१६ अप्रिल १,२ र ३ मा जापानमा सम्पन्न १२ वर्ष मुनिका जुनियर खेलाडीहरुको अन्तराष्ट्रिय फुटवल प्रतियोगितामा १३ जना खेलाडी र प्रशिक्षक गरि १४ जनालाई पहिलो पटक सहभागी बनाई सफल प्रतिफल प्राप्त गरेको बताउनु भयो । कोपा पुमा तोरेरोस २०१६ नामक उक्त जुनियर फुटवल प्रतियोगितामा नेपालले १७ औं स्थान ओगटन सफल भएको बताउनु भयो ।

खेलाडी, प्रशिक्षकहरुले अन्तराष्ट्रिय स्तरमा खेलको महत्व, खेलप्रतिको लगाव, अनुसाशन लगायत अनगिन्ति प्रत्यक्ष, अध्ययन अनुसन्धान पनि गर्न पाएको बताउदै जापानमा तयारी चरणमा भए गरेका अनुभव, बाधा अडचन् र चुनौतिहरुको बारेमा विविध बिस्तृत जानाकारी दिंदै पहिलो पटकको सहभागितामा नेपालले उत्कृष्ट खेल प्रदशन गरेकोमा गौेचनले खुसी पनि ब्यक्त गर्नु भयो ।

कार्यक्रमका सभापति कास्की फुटवल संघका अध्यक्ष धरम बहादुर लामिछाने, प्रशिक्षक शम्भु केसीले पनि नेपालको फुटबलको बारेमा बोल्नु भएको थियो भने, जुनियर खेलाडीका अभिभावकहरुले राख्नु भएको प्रश्नहरुको प्रमुख अतिथि गौचनले उत्तर पनि दिनु भएको थियो ।

 फुटबल सामग्री हस्तान्तरण

स्मरण रहोस्, जापानमा सम्पन्न यस फुटवल प्रतियोगिताको नेपाली टिमलाई सहभागिता गराउनको लागि बिभिन्न तवरले श्रोत र साधन जुटाउन सदस्यद्धयहरु पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, थसेस जापानका अध्यक्ष बुद्धि गौचन, सफल ब्यबसायी प्रकाश तुलाचन, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनहरुको सहयोग समिति सदस्य रहेको यस समितिका संयोजक शरद कुमार गौचनको सिङ्गो टिमले सम्पुर्ण ब्यबस्थापन तर्जुमा मिलाएर नेपालकै प्रतिनिधित्व गरेर सानदारका साथ सगौरव रुपले सम्पन्न गरेको थियो ।

बचत रकमबाट एन्फालाई खेलकुद सामग्री

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo