जापानबासी नेपालीले भने : अब नेपालमा लगानी गरौँ (फोटो/भिडियो)

20 May, 2018 12:55 | जापान | comments | 37650 Views

जापानको नागोयामा ‘नेपालमा लगानी सम्भावना’ बिषयक एक कार्यक्रम सम्पन्न भएको छ । बिशेषगरी नेपालमा पछिल्लो क्रममा नेपाल सरकारले बिदेशी लगानीलाई भित्र्याउन सहज बनाइदिए पछि जापानका लगानीकर्तालाई आकर्षित गर्न यस्तो कार्यक्रम गरेको संयोजक पारश मणि पोखरेलले नेपाल जापान डट कम लाई बताए ।

adsads

हामी बिदेशमा बसेका एनआरएनहरुले आफ्नो ब्यबसायिक सम्बन्धबाट जोडिएका ठुला ब्यापारी लाई नेपाल सम्म लैजाने बाताबरण निर्माणगर्नु नै अहिलेको आबश्यकता गरेको उनको बुझाइ छ । गैर-आवाशीय नेपाली संघको एसिया प्यासिफिक डेप्युटी कोअर्डिनेटर समेत रहेका संयोजक पोखरेलले नागोयामा क्रियाशील ब्यबसायीहरु लाई आमन्त्रण गरेर नेपाल बारे लगानीका सम्भावना बारे जानकारी दिएको बताए ।

नेपाली दुताबास टोकियो,नेपाल पर्यटन बोर्ड र जापानी युवा उद्धमीको सहयोगमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले नेपाल सम्पूर्ण रुपमा लगानीको रुपमा तयार रहेको जानकारी दिईन, उनले भनिन “नेपालमा अहिले तिन तहका निर्वाचन मार्फत बलियो र स्थाई सरकार आइसकेको र सरकारले धेरै नियमहरु परिबर्तन गरी लगानीकर्ता लाई बाताबरण सहज बनाएको छ । हाम्रो पर्यटन, बिद्युत, हस्तकला, कृषि उद्योग लगाएतका क्षेत्रहरुमा खुलेर लगानी गर्न आग्रह गर्दछु, राणाले भनिन ।

कार्यक्रममा गैर-आवाशीय नेपाली संघक केन्द्रीय अध्यक्ष भबन भट्टले भिडियो सन्देश मार्फत जापानमा भएको लगानीहरुको सम्भावना खोज्ने कार्यक्रमनिकै राम्रो भएको र यसले सम्पूर्ण एनआरएनहरुले नेपालमा सक्दो लगानी भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नु हुन अनुरोध गरेका थिए उनले आफु पनि जापानमा क्रियाशील ब्यबसायी भएको नाताले सबैलाई नेपालमा ढुक्क भएर लगानी गर्न अनुरोध समेत गरेका थिए ।

त्यस्तै एनआरएनए एसिया प्यासिफिक कोअर्डिनेटर किरण बिक्रम थापाले हामीहरुको दुइ देशको सम्बन्ध बलियो भएको बताउदै नेपालमा अब लगानीको बाताबरण सम्पूर्ण रुपले तयार भएको बताए,उनले भने जुन सुकै क्षेत्रमा लगानी गर्न सुरक्षित छ, जसका लागि मात्र हामीहरु हातमा हात मिलाएर अघि बढ्नु पर्यो,उनले भने ।

त्यस्तै गैर-आवाशीय नेपाली संघ अन्तराष्ट्रिय युबा संयोजक सुदन थापाले पनि सानो-सानो लगानीले नै ठुलो रुप लिने भन्दै ढुक्क भएर लगानी अनुरोध गरे ।एनआरएन आइसिसि सदस्य टंक गैरेले समेत आफ्नो मन्तब्य राखेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै एनआरएनए आइसिसि सदस्य ओम गुरुङले नेपालमा बिकासको ढोका औपचारिक रुपमा सबै हिसाबले खुला भएको भन्दै ब्यापार गर्नको निम्ति अहिले नै उपयुक्त समय रहेको भन्दै यदि तपाइँहरु ब्यापार गर्न जानु हुदैन भने पर्यटनको हिसाबमा पनि निकै सुन्दर मुलुक रहेको हुदा घुम्नको निम्ति पनि अनुरोध गर्दछु उनले भने । नेपालको हिमाल पहाड र तराईका महत्वपूर्ण पर्यटन क्षेत्रहरु संसारमै परिचित रहेको भन्दै नेपाल घुम्न समेत आग्रह गरे ।

सोहि कार्यक्रममा डा. सुदिप अधिकारी, नेपालमा जापानको रोटरीले गरेका सहयोगको बारेमा डा. कोशो योशिकावा, नेपालको पर्यटनका बारेमा नागोया शहरका पूर्वउपमेयर सुजुकी कत्सुहिसाले समेत जानकारीमुलक सामग्री प्रस्तुत गरेका थिए ।

जापानको नागोया शहरस्थित ओबु सिटिमा शुक्रबार सम्पन्न कार्यक्रममा संयोजक समेत रहेका पारसमणि पोखरेलले नेपालमा सम्भावना रहेका बिभिन्न क्षेत्रको बारेमा डेटा सहित लगानी गर्न आग्रह गरेका थिए, उनले नेपालमा किन लगानी गर्ने, कसरी गर्ने, बाताबारण कस्तो छ, धेरै ठुला छिमेकी देशहरुको बिचमा नेपालमा कस्ता सम्भावनाहरु छन,यातायात, जलबिद्युत,कृषि,पर्यटन,भौतिक योजना,सूचना प्रबिधि,आर्थिक संस्थाहरु,स्वास्थ र शिक्षा, टेलीकम्युनिकेसन,आयात-निर्यात जस्ता बिषयमा प्रष्ट पारेका थिए ।

जापानका लागि नेपाली महामहिम राजदुत प्रतिभा राणाको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रमका साथमा जापानमा ब्यवसाय गरेर बसेका नेपाली ब्यवसायी तथा जापानी ब्यवसायीहरुको बाक्लो सहभागिता रहेको थियो ।

कार्यक्रमका केहि तस्बिरहरु : 



हेर्नुहोस भिडियो :

बिदेशमा नेपाली तथा हिन्दी टिभी च्यानल हेर्नको लागी World On Demand – +8180-4949-6383 (viber also) 080-4156-3715

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

फेसबुक

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!