जापानमा आणविक उर्जा बन्द गर्न विधेयक प्रस्ताव

11 January, 2018 13:54 | जापान | comments | 69000 Views

सत्तारुढ र विपक्षी दलको समर्थन पाउने आशामा जापानको नागरिक समाजका कार्यकर्ता , विद्वान र पूर्व राजनितिज्ञहरुले देशको नवीकरणीय उर्जा प्रयोग र आणविक उर्जा बन्द गर्न बुधबार प्रस्ताव गरेका छन् ।

यस समूहका सल्लाहकार समेत रहेका पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीले पत्रकार सम्मेलनमा अधिकांश नागरिकको समर्थन पाउँदै सुन्य आणविक उर्जा परियोजनाको लक्ष्य निश्चित रुपमा प्राप्त गर्ने बताए । जनतामा राम्रो छवी भएका कोइजुमी र पूर्व प्रधानमन्त्री मोरीहिरो होसोकावाले २०११ को फुकुशिमाको प्रकोपपछि बन्द भएका आणविक उर्जा परियोजनाको पुर्नसंचालनको विरोध गरिरहेका छन् । होसोकावा पनि उक्त समूहका सल्लाहकार रहेका छन् । प्रतिनिधिसभाको सवैभन्दा ठूलो विपक्षी दल जापानको संवैधानिक प्रजातान्त्रिक पार्टीका आणविक विरोधी अधिकारीहरुसंग यस समूहका नेता सुयोशी योशीवाराले वार्तालाप गरेका थिए । जनवरी २२ मा बस्ने बैठकमा उक्त प्रस्ताव राख्न समूहले नीतिनिर्मातालाइ दवाब दिइरहेको छ ।

तर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शिन्जो आबेले बन्द रहेका आणविक परियोजनालाइ सुचारु गर्न प्रवर्धन गरिरहेका छन् । मन्त्रीपरिषदका मुख्य सचिव योसिहिदे सुगाले पत्रकार सम्मेलनमा आणविक नियमन विभागले सुरक्षाको प्रत्याभुति दिएपछि उक्त आणविक परियोजना सुचारु गर्ने सरकारको निर्णय परिवर्तन नहुने बताए । सरकारका प्रवक्ता समेत रहेका सुगाले नवीकरणीय उर्जाको प्रयोगमा बृद्धि र उर्जा संचयका उपाय अवलम्बन गर्दै आणविक उर्जामाथीको निर्भरता न्युनीकरण गर्न पनि आफुहरु लागिपर्ने बताए ।

विश्वमा २०५० सम्ममा शत प्रतिशत नवीकरणीय उर्जाको प्रयोग हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More