जापानमा आत्महत्या गरेका नेपाली विद्यार्थीको मंगलवार अन्तेष्टि गरिने

15 May, 2017 13:52 | जापान | comments | 6450 Views

हाईजिममा आत्महत्या गरेका तीस वर्षीय नेपाली मुकेश थापा मगरको अन्त्येष्टि १६ तारिक मगलबार गरिने भएको छ । पोखरा रामबजार घर भई टोकियोमा अध्ययनरत तीस वर्षीय मुकेश थापा मगरले हाईजिमा स्थित स्थानीय पार्कमा पासो लागेर आत्महत्या गरेका थिए ।

नाकानो स्कुल अफ विजनेश कलेजमा प्राविधिक शिक्षा सेनमन गाक्कोमा दोश्रो वर्षमा अध्ययनरत थापा मगर हालै नेपालमा विवाह गरी जापान फर्किएका थिए । राजधानी टोकियोको हाईजिमामा बस्दै आएका तीस वर्षिय मुकेश थापा मगरले स्थानीय पार्कमा पासो लगाएर आत्महत्या गरेको जनाएको छ । पासो लागे आत्महत्या गरेका थापा मगरको शव जापान प्रहरीले तत्काल पार्कबाट लगेपछि आत्महत्याको घटना केहीदिन बाहिर आउन पाएन ।

प्रहरीले थापामगरको बारेमा फोटो देखाउदै पहिचान गर्न नेपाली समुदायमा लगेपछि उनले आत्महत्या गरेको सार्वजनिक हुन पुगेको हो । नाकानो स्कुल अफ बिजिनेस सेन्मोन गाक्कोउमा एईगो बिजिनेस दोस्रो बर्ष अध्ययन गर्दै गरेको थापा मगर तीन बर्षअघि जापान आएको खुल्न आएको छ ।

एनआरएनए जापानका उपाध्यक्ष टासि लामाले दिएको जानकारी अनुसार १६ में दिनको २.३० बजे स्वर्गीय थापाको श्रद्धान्जली कार्यकम शुरु भई सिनगावा कु को गोतन्दा सेन्टरमा अन्त्येष्टि गरिनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More