Thursday 27, April 2017
नेपाली समय: 10:54:42
जापानी समय: 02:09:42

जापानमा किन यति धेरै लोकप्रिय छ भेन्डिङ्ग मेसिन

19 April, 2017

%e0%a4%ad%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97-%e0%a4%ae%e0%a5%87%e0%a4%b8%e0%a4%bf%e0%a4%a8

जापान मात्र एक यस्तो देश हो जहाँ हरेक २५ व्यक्तिको लागि एक भेन्डिङ्ग मेसिन उपलब्ध छ ।यसमा भान्छाको टमाटर देखि लिएर मस्तिको लागि पिउने वियर सहित हरेक जरुरतका सामान उपलब्ध हुन्छन् ।

एक पेय पदार्थ उत्पादक कम्पनी डाइडो ड्रिङ्गले आफ्नो कुल राजश्वको ८० प्रतिशत भन्दा अधिक यसै भेन्डिङ्ग मेसिनबाट उठाउने गरेको छ ।त्यसो त जापानको अत्याधुनिक बजार जहाँ २४ घण्टा सुविधा दिएका स्टोरसंग कडा प्रतिस्पर्धा गर्नु र भेन्डिङ्ग मेसिन तर्फ मानिसलाई आकर्षित गर्नु सानो कुरा भने हाेइन ।

त्यसैले कम्पनीले शुरुमा यस्तो मेशिनको विकास गरेको थियो जो ग्राहकहरुसंग बोल्ने गर्दथे । साथै भेन्डिङ्ग मेसिनमा गेम समेत रखिएको थियो जहाँ गेम जितेमा बोनस स्वरुप एक ड्रिङ्ग पनि पाइन्थियो ।

त्यसैले कम्पनी अहिले यस्तै फरक स्वरुपकाे एक योजनामा काम गरि रहेको छ । कम्पनी स्मार्टफोनबाट जापानका ८० हजार भेन्डिङ मेसिनलाई उपभोक्ताका लागि मनोरञ्जन बनाउने छ ।

यसका लागि कम्पनी आफ्नो एक एप निर्माण गरेको छ जसको माध्यमबाट प्रयोगकर्ता प्वाइन्ट जोडन सक्छन् भने यस प्वाइन्ट धेरै भएमा उपल्बध सामान सित्तैमा पाउने छन् ।

उक्त एपकाे प्रयोग विदेशी पर्यटकको लागि भने त्यति चाख लाग्न नहुन सक्छ । साथै यसको सुविधा जापानमा मात्र उपलब्ध हुने छ ।

जापानमा ५.५ मिलियन भेन्डिङ्ग मेसिन

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo