जापानमा किरात राईहरुले भव्य रुपमा मनाए उधौली

13 December, 2017 10:00 | जापान | comments | 127500 Views

जापानमा विभिन्न पेसा व्यवसायमा संलग्न किरात राईहरुले आफनो मौलिक चाड उधौली भव्य रुपमा मनाएका छन।

टोकियो स्थित सोलमारी मुरा हलमा आयोजित भव्य कार्यक्रममा किराती समुदायका युवायुवतीहरु निक्कै वेर ढोल बजाउदै सोईसोईला हो हुर्रा हाहा भन्दै कम्मर मर्काउदै रमाएका थिए।

adsads
आफनै जातिय पहिरनमा सजिएकाहरुले हातमा हात मिलाएर  साकेला नाचेका थिए। 
किरात राई यायोक्खा जापानको आयोजनामा भएको एकदिने साकेला सिली सहितको उधौली पर्व मनाउन जापानी नागरिकहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो।

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङको प्रमुख आथित्यमा भएको कार्यक्रममा पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका वरिष्ट उपाध्यक्ष भूपी गोविन्द श्रेष्ठ,  जातिय सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहित विभिन्न राजनीतिक भातृसंगठनका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो। समारोहमा नयाँ शक्ति पार्टी अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष पदमसिं ठगुन्ना, संस्थाका संजिव राई लगायतले मौलिक चार्डको जर्गेना गर्न सवैले सर्वै तहबाट मिलेर काम गर्नुपर्ने 
धारणा राख्नु भएको थियो।

समारोहमा जातीय पहिरहनमा सहभागिहरु मध्ये केहीले स्थानिय पहिरन सहित मौलिक चाडसंगै धान पुजा समेत गरेका थिए।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फलफूलका विरुवा वितरण

फेसबुक

फलफूलका विरुवा वितरण

ट्वीटर

सामाजिक सञ्जाल

More