जापानमा तीन उत्तर कोरियाली माझी पक्राउ

10 December, 2017 14:30 | जापान | comments | 21600 Views

लुटपाटको आशंकामा तीनजना उत्तर कोरियाली माझीलाइ पक्राउ गरिएको होकाइदो प्रहरीले शनिबार जानकारी दिएको छ ।

शुक्रबार उक्त समुहले रसी काटेर आफ्नो जहाज हाकोडेट तटस्थित जापानी कोस्ट गार्डको जहाजनजिकै लगेर भाग्ने प्रयास गरेका थिए तर उक्त जहाज पछि फेरी नियन्त्रणमा लिइएको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका तीन जना जेनेरेटर चोरेको आरोपमा पक्राउ परेका हुन् । होकाइदो प्रहरीले उनीहरुसंग बयान लिइरहेको छ ।

बसाइसराइ विभागले अन्य ६ जनालाई आफ्नो नियन्त्रणमा लिएको छ भने एकजना विरामी भएपछि उसलाई अस्पतालमा भर्ना गरिएको छ । डाक्टरहरुले उक्त व्यक्तिलाई अल्सर भएको बताएका छन् ।

जापानको तटीय क्षेत्रबाट आठ उत्तर कोरियाली माझी पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम कार्यालय

फेसबुक

प्रम कार्यालय

ट्वीटर

सामाजिक सञ्जाल

More