जापानमा नेपाली शरणार्थी आवेदकहरु: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

21 November, 2017 11:40 | जापान | comments | 45300 Views


-आनन्द कोइराला
जापानमा झुटो विवरण पेश गरेर शरणार्थी बन्न आवेदन दिएका सयौ नेपालीहरुलाई घर फर्कनुको विकल्प नरहेको भन्दै एकैसाथ हवाई जाहाज चार्टर गरेर पठाउने तयारी गरिएको खुलासा भएको छ।

टोकियो अध्यागमन कार्यालयले गतवर्षको फेव्रुअरीसम्म कुल आवेदक १०,९०१ मध्ये दोश्रो ठूलो सख्याका नेपाली १,४५१ जना मध्येकालार्इ फर्काउन लागेको हो। जापान सरकारले विभिन्न वाहना बनाएर झुटो कागजपत्र र वर्षौ देखि शरणार्थी बन्न आवेदन दिनेहरुलाई घर फर्काउने तयारी सुरु गरेको हो। नेपाल लगायतका केही मुलुकका नागरिकहरुले फरक फरक रुपमा जापान प्रवेश गरी शरणार्थी आवेदन अप्रत्यासित रुपमा बढेका कारण आवेदनमा कढाई गर्नुका साथै पुरानालाई समेत घर फर्काउने तयारी थालेको हो।

हरेक महिनाजसो दर्जन बढी नेपालीहरुलाई काठमाडौँ विमानस्थलसम्म पुर्याएर कागज गराएर फर्काउदै आएको अध्यागमन विभागले केही समययता विभिन्न कारण प्रहरी हिरासतमा रहेका शरणार्थी आवेदकहरु, वर्क परमिट विना काम गर्दागर्दै पक्राउ परेकाहरु, सामाजिक अपराधमा संलग्न तथा महिलाहरुलाई दूव्र्यवहार गरेर पक्राउ परेकाहरुलाई पहिलो चरणमा नै हवाई जाहाज चार्टर गरेर फर्काउन लागेको हो। यस अघि पनि फिलिपिन्स, ब्राजिल लगायतका मुलुकका नागरिकलार्इ हवार्इ जाहाज नै चार्टर गरेर पठाए जस्तै नेपालीहरूलार्इ भने पहिलो पटक पठाउन लागेको बुझिएको छ।

जापानी संचार माध्यमहरुले नोवेम्वर महिना सुरुभएसंगै नयाँ फास्टट्राक नियम लागु गरेर आवेदन उपर छिटो फैसला गर्दा हाल आवेदन भने घटेको दावी समाचार स्रोतले गरेको छ। नेपालीहरूको आवेदन अश्वभाविक रूपमा वढेको तर्फ मध्यनजर गर्दै न्याय मन्त्रालयले शरणार्थी आवेदकहरुलाई विभिन्न समुहमा विभाजन गरेर नयाँ ढंगले काम गर्न थाले पश्चात फिर्ताहुनेहरुको सख्या पहिलेको तुलनामा केही बढन  सक्ने दावी समेत गरेका छन।

अध्यागमन विभाग तथा भिषा क्षेत्रमा काम गर्ने जापानी वकिलहरुले आफनो नाम नराख्ने सर्तमा नेपाल जापान डटकमलाई जनाए अनुसार जापानमा भिन्नै कामले आएर पनि शरणार्थीमा आवेदन दिनुले यसको रोकथाम गर्न केही कडाई गर्न पहिलो चरणमा जापान सरकार कै खर्चमा हवाई जाहाज मार्फत फर्काईन लागेको हो। केही समयता नेपाल सरकार तथा नेपालका विभिन्न मन्त्रालयका अधिकारीहरुसंगको छलफल पछि जापानको न्याय मन्त्रालयले अलि कडाईका साथ प्रस्तुत हुनुको विकल्प नभएको भन्दै कुनैपनि हालतमा सदासयता नदेखाउने अवस्थामा पुगेको थियो।

नेपालीहरुको अस्वभाविक आवेदनलाई कुनैपनि हालतमा निरुस्साहित गर्न कठोर भन्दा कठोर कदम चाल्न लागेको बताउदै आएको यहाँको न्याय मन्त्रालयले गलत काम नगर्न पटक पटक दिर्इएकाे चेतावनीलाई वेवस्ता गर्नेहरूलार्इ पनि एकै साथ नेपाल फिर्ता पठाउन लागेकोे जनाएको छ।

कतिजनालाई फर्काउला त ?

हवार्इ जाहाज नै चार्टर गरेर यतिजनालार्इ फर्काउने बारे यकिन तथ्याकं नभएपनि केही समय भित्र धेरैलार्इ यसरी पठाउने तयारी गरिएकाे बतार्इएकाे छ। केहीलाई साप्ताहिक तथा मासिक रूपमा पटक पटक नेपाल पुर्याउदै जापानी प्रहरीहरु फकर्न सुरु भईसकेको जापानको गुम्वा राज्यमा बस्दै आएका झापाका ओली थरका एक नेपालीले नेपाल जापान डटकमलाई जानकारी दिए। शरणार्थी बन्न सात वर्ष अघिदेखि आवेदन दिदै बसेका उनले केही समयभित्र धेरैलाई घर फकाउन लागिएको जानकारी पाएको खुलासा गरे। उनीसंगै बस्दै आएका नेपाली शरणार्थी आवेदक साथीहरु र विभिन्न समयमा प्रहरी हिरासतमा रहेकालाई एकैसाथ फर्काउन लागिएको समेत बताए । तर एउटै जाहाजमा एकै साथ धेरैलार्इ हवार्इ जहाज मार्फत पठार्इन लागेको वारे कुनै जानकारी नभएको बताए।

जानकारहरूका अनुसार फिलिपिन्स, ब्राजिल लगायतका मुलुकका नागरिकलार्इ यस अघि सयौको सख्यामा भेला पारेर पठार्इएको जापानी संचारमाध्यमहरूमा समाचार प्रकाशन भएको थियो।

धेरै वर्षदेखिकाे आवेदन रोक्दै घर फर्काउदै जापानी अध्यागमन
सात वर्षसम्म शरणार्थी बन्न पाउ भनेर वर्क परमिट लिएर काम गर्दै बस्दै आएका ओलीले आफुलाई अध्यागमन कार्यालयमा हालै भएको कुराकानीमा आगामी डिसेम्वर महिना भित्र कुनैपनि हालतमा नेपाल फर्कन भनिसकेको जानकारी दिए। उनीभने आफनै खर्चमा नेपाल फर्कने तयारीमा छन। उनीजस्ता लामो समयदेखि आवेदन दिएर बस्दै आएकाहरुलाई केही समययता लगातार रुपमा अध्यागमन कार्यालयमा बोलाएर घर फर्कन र पुन पटकपटक आवेदन नदिन भन्दै आएको छ। धेरै वर्ष पुराना आवेदकमा नेपालीको सख्या यकिन नभएपनि गत वर्षको १,४५१ जना मध्ये धेरैलाई नेपाल फर्काउने छन, उनले भने।

अध्यामगन कार्यालयले जापानमा धेरै वर्षदेखि लगातार आवेदन दिएर शरणार्थी मान्यता नपाएपछि भने घर फर्कन अपिल गर्दै आएको र यो निर्णयमा कुनै असन्तुष्टि भए जापानको उच्चअदालतमा निवेदन दिन विकल्प देखाउने गरेको छ। जापानको उच्च अदालतमा वकिलको पारिश्रमिक मात्र ६० लाख नेपाली रूपैया हाराहारीमा रहेकाले हालसम्म कसैले आवेदन परेको छैन।

यता यति ठूलो सख्यामा एकैसाथ नेपालीहरुलाई नेपाल फर्काउने तयारी गरेको विषयमा टोकियो स्थित नेपाली दूतावासलाई कुनै आधिकारीक जानकारी नरहेको जनाएको छ। समयसमयमा केही अध्यागमन कार्यालयका अधिकारीहरु नेपालीहरुलार्इ नेपाल फर्काउने क्रममा यात्रा अनुमतिपत्र ट्राभल डकुमेन्टका लागि आउने गरेको भएपनि यस वारेमा जानकारी दिन नमिल्ने दूतावास स्राेतले जनायाे।

यस्तै गैरआवासीय नेपाली संघ एनआरएनए जापानका अनुसार यस विषयमा कुनै आधिकारीक जानकारी नभएपनि प्रहरी हिरासतमा रहेकाहरुलाई भने नियमित जसो नेपाल फर्काउने गरेको अनौपचारिक जानकारी आउने गरेको छ। एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामाका अनुसार जापानको सुरक्षा अवस्थाको विषयमा भने नियमित जसो छलफल गर्ने जापान प्रहरीले नेपालीहरुको अवैधानिक कार्यमा तथा संगठित अपराधमा संलग्नता भएको नभएको विषयमा छलफल गरे पनि यस वारेमा जानकारी नभएको जानकारी दिए।

शरणार्थी आवेदकलार्इ अन्य भिषामा परिवर्तन सख्या न्यून
यसैबीच जापानमा शरणार्थी आवेदन दिएर बसेका नेपालीहरु मध्ये केहीले व्यवसाय गर्नका लागि व्यवसाय भिषामा आवेदन दिएपनि यसको परिणाम एकदमै न्यून पाईएको छ।

विभिन्न वाहनामा जापान आएर शरणार्थी बन्न आवेदन दिएर बसेका मध्ये केहीले गत वर्षबाट जापानमा व्यवसाय गर्ने भन्दै भिषाका लागि आवेदन दिएका थिए जसको परिणाम न्युन रहेको सातो भिषा सेन्टरमा कार्यरत सुरेश लामिछानेले बताए। पछिल्लो एकवर्षयता नयाँ भिषा परिवर्तन गर्नचाहने मध्ये पहिले दशजनामा सात आठजनाले भिषा पाएपनि अहिले यो अवस्था एकदुईजनामा पुगेको लामिछानेले नेपाल जापान डटकमलाई जानकारी दिए ।

व्यवसायका लागि आवश्यक आधारभूत कागजपत्र नपुर्र्याएको, आवश्यक लगानीको स्रोत नखुलेको भन्दै व्यवसायिक भिषा परिवर्तनमा कडाई गरेका कारण भने केही नेपाली युवाहरु पर्ख र हेरको अवस्थामा पुग्न थालेका छन।

जापानी वकिलहरुका अनुसार जापानमा आफनो वसोवास अवस्था परिवर्तन गर्न गतिलो जानकारी सहितको विवरण पेश गर्न नसकेकाले भिषामा कडाई रहेको दावी गरे। जापानी वकिलहरुले शरणार्थी आवेदन त्यागेर व्यवसाय गर्न थालेकाहरुको भिषा नआएकाहरूलार्इ पनि सिनागावा स्थित अध्यागमन कार्यालयमा बोलाएर जतिसक्दो छिटो मुलुक फर्कन सल्लाह दिन थालेको जानकारी दिए।

टोकियो अध्यागमनकाे वेवसार्माइटमा उल्लेख भए अनुसार जापानमा करिव सत्तरी हजारको सख्यामा रहेका नेपाली मध्ये सवैभन्दा वढी ईण्डोनेसियाको १८२९ जना दोश्रोमा नेपालीहरु १४५१ जना फिलिपिनीहरु १४१२ जना टर्की ११४३ जना भियतनामी १०७२ जनाले शरणार्थी बन्नका लागि आवेदन दिएर बसेका छन। यसै महिनाबाट लागु गर्ने भनिएकाे नयाँ रणनीति अनुरुप जथाभानी आवेदनलाई रोक्न आवेदन समयमा अन्र्तवार्ता गर्ने, छ महिना भन्दा कम समयमा आवेदन उपर फैसला गर्ने र वर्क परमिट विना काम गरेको पाईएमा हिरासतमा राख्ने समाचार सार्वजानिक भएपश्चात भने आवेदन घटने अनुमान गरेका छन।

जापानको न्याय मन्त्रालयले भने कुल अावेदक मध्ये यस वर्ष तीन जनालार्इ तथा अघिल्लो वर्ष चारजनालार्इ मात्र शरणार्थी मान्यता दिएको थियो।

जापानमा शरणार्थी आवेदन घटाउन फास्टट्राक नीतिलाई कडाईका साथ लागु गरिदै (भिडियाे)

 

जापानमा नेपालीको शरणार्थीमा आवेदन रहर कि वाध्यता ?

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More