जापानमा पनि राष्ट्रिय एकता दिवस मनाईयो

10 January, 2017 21:03 | जापान | comments | 0 View


२९५ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस जापानमा एक भव्य कार्यक्रमको आयोजना गरि मनाइएको छ । राप्रपाको भातृसंगठन प्रवासी नेपाली संगठन ओनो जापानको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले नेपाल एकिकरणका योद्धा तथा कमाण्डर पृथ्वी नारायण शाहको योगदान नेपालीहरुले कहिल्यै भुल्न नहुने भनाई राखेका थिए ।

वक्ताले नेपालको राष्ट्रिय एकता, अखण्डता, देशको रक्षा तथा आर्थिक विकासका लागि फेरी नेपालमा पृथ्वी नारायण जस्ता महापुरुषको खाँचो औल्याएका थिए । ओना जापानका उपाध्यक्ष सन्तोष सिलवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ओनो जापानका निर्वतमान अध्यक्ष रघुदीप खडका, भक्ती दर्शन टेलिभिजनका निर्देशक केदार तिम्सिना, एनआरएनए आईसीसी सदस्य कपिल देव थापा, कलेन्द्र विक्रम शाही, युवा व्यवसायी दीपक सुवेदी तथा सुशिल वीर जवरा लगायतले मन्तव्य राख्नु भएको थियो ।

विदुशी सपना माताको प्रमुख आथित्यमा भएको कार्यक्रम विरेन्द्र पौडेलले संचालन गर्नुभएको थियो भने सभापतित्व ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पण गरिएको थियो ।

ओनो जापानको कान्तो समितिमा विक्रम क्षेत्री
यसैवीच ओनो जापानले कान्तो क्षेत्रिय समिति समेत विस्तार गरेको जनाएको छ । नेपाली मुराहल सिनोकुवोमा भएको कार्यक्रममा संगठनको कान्तो क्षेत्रीय समिति संयोजकमा विक्रम क्षेत्रीलाई चयन गरेको हो । यस्तै सोही समितिको उपसंयोजकमा नवीन बाँनिया सहित १३ सदस्यीय कमिटि गठन भएको ओनो जापानका उपाध्यक्ष सन्तोष सिलवालले नेपाल जापान डटकमलाई जानकारी दिनुभयो  ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More