जापानमा बर्ड फ्लु देखिएपछि कुखुरा नष्ट गर्ने प्रक्रिया सुरु

12 January, 2018 15:15 | जापान | comments | 105600 Views

एच५ नामक बर्ड फ्लु देखिएपछि जापानको कागावा प्रान्तका अधिकारीले ९२ हजार कुखुरा नष्ट गर्ने प्रक्रिया सुरु गरेका छन् ।

यस सिजनमा पहिलोपटक जापानको सानुकी शहरको एक कुखुरा पालन केन्द्रमा गरिएको परिक्षणमा बर्ड फ्लुको भएको नतिजा प्राप्त भएपछि उक्त निर्णय लिइएको हो । नष्ट गर्ने प्रक्रिया २४ घण्टाभित्र सकिने जानकारी प्राप्त भएको छ । उक्त फार्मले ५५ वटा कुखुरा मरेको प्रान्तिय सरकारलाइ जानकारी दिएपछि बुधबार विहान बर्ड फ्लुको शंका गरिएको थियो । प्रारम्भिक परिक्षणका ११ मध्ये ३ वटा कुखुरामा बर्ड फ्लुको सकारात्मक नतिजा पाइएको थियो ।

प्रभावित क्षेत्रबाट तीन किमि आसपासको क्षेत्रमा कुखुरा र अण्डा ओसारप्रसारमा रोक लगाइएको छ भने १० किमिको क्षेत्रबाट पनि कुखुरा र अण्डा बाहिर लैजान निषेध गरिएको छ । उक्त फार्मले कुखुरा र अण्डा अन्यत्र लैजान बन्द गरेको छ र प्रान्तिय सरकारले उक्त क्षेत्रलाइ किटनासकले सफा गर्ने कार्य गरेको छ ।

स्वाईन फ्लू र बर्ड फ्लुमा झुक्किनुहोला : डा बुद्धिबहादुर थापा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!