जापानमा भारी हिमपात , पाँचको मृत्यु

13 February, 2018 13:36 | जापान | comments | 109200 Views


अत्यधिक शीतकालिन चापले गर्दा सी अफ जापान आसपासका प्रान्तहरुमा सोमबारको भारी हिमपातका कारण कम्तिमा पाँच जनाको मृत्यु भएको क्योडो न्युजले बताएको छ ।

सी अफ जापानको तटीय क्षेत्रमा मंगलबार पनि हिमपात हुने अपेक्षा गरिएको छ भने जापान मौसमविज्ञान विभागले हिमपहिरो र यातायात अवरोध हुनसक्ने चेतावनी दिएको छ ।

adsads
निगाता प्रान्तमा ९० वर्षिय एक किसानको हिउँमा पुरिएर मृत्यु भएको भने नागाओका प्रान्तमा पनि ६२ वर्षिय महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै घरको छतबाट हिउँ सफा गर्ने क्रममा खसेर घाँटीमा चोट लाग्दा ७८ वर्षिय व्यक्तिको मृत्यु भएको छ ।

हिमपातका कारण जापानको दक्षिणपश्चिमी प्रान्त फुकुओका र उत्तरपूर्वी प्रान्त मियागीमा गम्भिर दुर्घटना भएको बताइएको छ । सोमबार साँझ ५ बजेसम्म फुकुइ शहरमा ९२ सेन्टीमिटर हिमपात भएको छ जुन औषत वर्षको तुलनामा ५ गुणा बढि हो । त्यस्तै तोयामा र निगाता शहरमा क्रमशः ५२ र २४ सेन्टीमिटर हिमपात भएको छ ।

हिमपातले कृषक खुशी, व्यापारी चिन्तित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More