जापानमा वस्ने नेपालीका लागि वेस्टर्न युनियनद्धारा सेवा शुल्कमा भारी छुट

14 November, 2017 17:30 | अर्थ , जापान | comments | 8850 Views

विश्वमा सवैभन्दा वढी सेवा सन्जाल भएको वेस्टर्न युनियन मनी ट्रान्सफरले जापानवासी नेपालीहरुका लागि जापानबाट नेपाल पैसा पठाउने सेवा शुल्कमा भारी छुटको व्यवस्था गराएको छ। विशेष अवसर पारेर हालै सार्वजानिक गरिएको नयाँसेवा शुल्कमा पुरानो भन्दा ५० प्रतिशतले कटौति गरिएको वेस्टर्न युनियनको आधिकारीक पार्टनर कम्पनी न्यूआईटिभेन्चरले जनाएको छ।
वेस्टर्न युनियन मनी ट्रान्सफरसंगको सहकार्यमा जापानबाट विश्वभरि रेमिटयान्स सेवा दिदै आएको न्यूआईटिभेन्चर कर्पोरेशनले यसै साताबाट लागु हुनेगरि नयाँसेवा शुल्क सार्वजानिक गरिएको जनाएको छ।
जसमा प्रारम्भिक सेवा दशहजारसम्म पैसा पठाउदा मात्र ४९० येन सेवा शुल्क लाग्ने व्यवस्था गरेको छ। जुन यस अघि ९९०येन थियो। यस्तै पचास हजारसम्म ७५०येन, एक लाख येनसम्म एक हजार येन तथा दुई लाख पचास हजारसम्म १५००येन तोकेको छ।यसैगरि नयाँ कायम गरिएको सेवा शुल्कमा पाँच लाखसम्म २५००येन र दश लाखसम्म ३२५० येन तोकेको छ यस अघिको सेवा शुल्क हाललाई परिमार्जन गरिएको जनाइएको छ।
दक्षिण एसिया सहित विदेशीहरुलाई सेवा लिने लक्ष्य राखेको न्यूआईटी भेन्चरले हाललाई यो सुविधा सिनओकुवो टोकियो र काचुसिकाकु स्थित आफनो कार्यालयबाट मात्र उपलब्ध गराउने जनाएको छ।

 

वेस्टर्न युनियन मनि ट्रान्सफरको सेवा सुरु, नयाँ एजेन्टको आबेदन खुल्ला

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More