जापानमा व्यवसाय सफल बनाउन हामी एकमात्र सहयोगी: केशव थापा(भिडियाे कुराकानी)

1 September, 2016 12:53 | अन्तरवार्ता , जापान | comments | 593700 Views

Keshab-Thapaजापानमा विदेशी व्यवसायीहरूको हरेक समस्याको समाधान त्यति सजिलो छैन। कि लाखौ खर्च गरेर नत्र सयौ हण्डर खाएर चेत खुलेपछि मात्र यसो गर्नुपर्ने रहेछ भनेर थाहासम्म पाईन्छ।

सानो होस वा ठूलो व्यवसायीलाई जापानमा धेरै विषयमा ज्ञान हुनु जरूरी छ। यस्तै ज्ञानको अभावमा छटपटाई रहेका जापानवासी नेपाली तथा विदेशी व्यवसायीहरूको सहजकर्ताका रूपमा उभिएका छन केशव थापा

थापाले अहिले संचालन गरेको वीनवीन प्रोजेक्टको मुख्य काम पनि व्यापार व्यवसायबाट सफल बन्न चाहनेहरूका लागि रहेको बताउनु हुन्छ।

जापान सरकारले अवलम्वन गरेको माई नम्वर बारेमा जानकारी लिन होस वा स्थानिय र ठूला बैकबाट ऋण लिन त्यति सजिलो संभव र सहज छैन। जानेकाले सबै बुझेको होस न होस भनेको मान्ने वा आफै जान्न धेरै गार्हो महसुस गर्नेहरूका लागि थापाले हालैबाट सुरू गरेको वीनवीन कार्यक्रम प्रभावकारी रहेको दावि छ।

विगत केही महिनाबाट निशुल्क सेमिनारको आयोजना गरेर धेरैलाई जापानको सरकारी नियम, कानुन, सरकारी रणनीति, व्यवसायीले गर्न सक्ने मितव्ययिता फजुल खर्च तथा जथाभावि कानुनि समस्या समाधानका लागि हुदै गरेको खर्च घटाएर व्यवसायमा सफल हुने सुत्र सिकाउदै आउनु भएको छ।

प्रस्तुत छ यिनै विषयमा केन्द्रित रहेर नेपाल जापान डटकमका लागि आनन्द कोइरालाले वीनवीन कार्यक्रमका प्रमुख कार्यकारी निर्देशक केशव थापासँग गरिएका भिडयाे कुराकानी सक्षेपमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!