जापानमा शरणार्थी अावेदनमा नयाँ नीति लागू हुँदै : विद्यार्थी र प्रशिक्षार्थीलार्इ वर्क परमिट नदिर्इने (भिडियो अन्तरवार्ता)

1 July, 2017 19:17 | अन्तरवार्ता , जापान | comments | 34050 Views

जापानमा शरणार्थी अावेदन

पछिल्लो समय जापानमा शरणार्थी आवेदन बढेको र त्यसलाई रोक्न सरकार असफल भइरहेको भन्ने आलोचना बीच सरकारले आज जुलाई एक तारिकबाट नयाँ नियम लागू गर्ने तयारी गरेको छ ।

जस अन्तर्गत विद्यार्थी र प्रशिक्षार्थी भिषाबाट आवेदन दिए वर्क परमिट नपाईने भएको छ । सरकारले ब्यक्तिको नक्कली आवेदन र शरणार्थीको कारण लागि व्याप्त रोजगार उद्देश्य रहेको ठहर गरेको छ । न्याय मन्त्रालयले यसलाई अर्को महिनाबाट काम गर्न पुर्ण रुपमा बन्द गर्ने जनाएको छ । जसले गर्दा शरणार्थी आवेदकहरु घट्ने सरकारको अनुमान रहेको छ ।

हाल जापानमा शरणार्थीको आवेदन पछि पनि काम गर्न पाइने गरेको छ । आवेदनमा अध्यागमन सुविधा रूपमा अनुमति दिने समेत गरेको छ। जसलाई अब नयाँ नितीले रोक लगाएको छ । नयाँ निती अनुसार शारीरिक काम गर्न सक्षम हुने छैन जसले गर्दा आवेदकको संख्या वृद्धिमा रोक लाग्ने छ ।

पछिल्लो तथ्याकं अनुसार जापानमा करिव दुई हजार नेपालीले शरणार्थी आवेदन दिएर बसेका छन। जसमध्ये दुई वर्ष अघि दुई जना नेपालीले शरणार्थी अनुमति पाएका थिए।

स्रोतका अनुसार ति दुईजनालाई समेत नेपालमा राजनीतिक अवस्था सुध्रिएको भन्दै उनीहरूको भिषा परिवर्तन गरिदिएको बताईएको छ।

जापानमै बस्न चाहनेहरुको संख्या बढ्नु र जापानमै रहनका लागि नक्कली शरणार्थी भएर बस्नेको संख्या बढेपछि जापान सरकारले कानुन संशोधन गरी यस्तो नयाँ नियम ल्याएको हो । नक्कली शरणार्थी बनेर आवेदन दिनेमा सबैभन्दा बढी इन्डोनेसियन र दोस्रोमा नेपाली रहेका छन्।

भिडियो कुराकानी-

जापानमा शरणार्थी आवेदकको संख्यामा नेपाल दोस्रो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More