Friday 26, May 2017
नेपाली समय: 01:49:14
जापानी समय: 05:04:14

जापानमा २५६१ औँ बुद्ध जयन्ती भव्य रुपमा मनाईयो(फोटो फिचर)

15 May, 2017

शान्तिका अग्रदूत गौतम बुद्धको २५६१ औँ जन्मजयन्तीको अवसरमा टोकियोमा भव्य कार्यक्रमको आयोजना गरि मनाईएको छ । नेवा अन्तराष्ट्रिय फोरम जापानको आयोजनामा टोकियो स्थित जिन्तोईन बुद्ध विहारमा आयोजित कार्यक्रममा बुद्धको संझनामा दीप प्रज्वलन सहित बुद्ध सन्देशका वारेमा चर्चा गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले भगवान बुद्धको जन्म नेपालमा भएको बारे जापानवासी र विदेशीहरुमा जनचेतना मुलक कार्यक्रम वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। भगवान बुद्ध सवैका साझा भएकाले नेपालीहरुले बुद्ध जन्मस्थलका वारेमा धेरैभन्दा धेरै कृयाकलापहरु आयोजना गरिनु आवश्यकता रहेको उहाँको भनाई थियो।

कार्यवाहक राजदूत अर्यालले आगामी वर्षबाट दूतावास कार्यालयले समेत बुद्ध जयन्ती समारोहलाई कार्यक्रम गरि मनाउने जानकारी दिनुभयो।यसैगरि कार्यक्रममा विशेष अतिथि जापान नेपाल सोसाईटिका अध्यक्ष मिचुआकी कोजिमाले बुद्ध जन्मभूमिबाट जापानमा आएका नेपालीहरुको हरेक कृयाकलापमा नजिक रहेको स्मरण गराउदै बुद्ध जन्मस्थल लम्विनीको प्रचारप्रसार अझ बढाउनु पर्नेमा जोड दिनुभयो।

यस्तै बुद्ध जन्म तथा बुद्धको शान्ति सन्देशलाई विश्वभरि फैलाएर शान्ति स्थापनाका लागि एकजुट हुनु पर्ने बताउनु भयो।नेवा अन्तराष्ट्रिय फोरम जापानका महासचिव शिव तण्डुकारले संचालन गरेको कार्यक्रममा अध्यक्ष गंगा डंगोल लगायतका विभिन्न महानुभावहरुले बुद्ध ज्ञान र शान्ति सन्देशको महत्वका वारेमा भनाईहरु राख्नु भएको थियो।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo