जापानले गोरखामा नेत्रहीन पुनर्वास केन्द्र स्थापना गर्ने जापानले गोरखामा नेत्रहीन पुनर्वास केन्द्र स्थापना गर्ने

  • जापानले गोरखामा नेत्रहीन पुनर्वास केन्द्र स्थापना गर्ने

जापानले गोरखामा नेत्रहीन पुनर्वास केन्द्र स्थापना गर्ने

18 July, 2018 20:41 | जापान | comments | 13650 Views

जापानले गोरखामा नेत्रहीन पुनर्वास केन्द्र स्थापना गर्ने जापान सरकारले गोरखा जिल्लामा रहेका नेत्रहीन मानिसहरुको लागि पुनर्वास केन्द्र स्थापना गर्ने भएको छ । नेपालका लागि जापानका राजदूत मासामिची साइगोले बुधबार एक कार्यक्रमका वीच पुनर्वास केन्द्रको शिलान्यास गर्नु भयो ।

adsads

उक्त कार्यक्रममा गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरको पनि उपस्थिति  रहेको थियो  ।यस पुनर्वास केन्द्र स्थापनाको लागि जापानले रू ८८ लाख अनुदान उपलब्ध गराउने भएको छ ।

उक्त पुनर्वास केन्द्रले गोरखा जिल्लामा रहेको नेत्रहीन व्यक्तिहरुलाई विभिन्न प्रशिक्षण दिने कार्य गर्दछ जस्तै जाम र साबुन बनउने कार्य । यस्तो प्रशिक्षणले नेत्रहीन व्यक्तिहरुको आय उत्पादनमा सहयोग मिले विश्वास लिइएको छ । साथै केन्द्रले परिवारले हेरचाह नगरेका व्यक्तिहरुलाई पनि आवासको व्यवस्था गर्ने बताईएको छ  ।

गोरखा एसोसिएशन अफ द ब्लाइन्ड (जीएबी) लाई नेपाल एसोसिएशन अफ द ब्लाइन्डको शाखाको रुपमा कार्यान्वयन गरिएको छ । सन् २००२ देखि जीएबीले गोरखा जिल्लामा रहेको नेत्रहीन व्यक्तिहरुलाई सशक्तीकरणका लागि विभिन्न प्रकारको प्रशिक्षण, परामर्श र काम गर्ने वातावरण प्रदान गरेको छ जसले गर्दा उनीहरु आत्मनिर्भर भइ आर्थिक कार्यक्रममा पनि भाग लिन सकुन । गोरखा जिल्ला लगभग १५०० नेत्रहीन व्यक्तिहरु रहेका छन् ।

यस सहयोगले जापान र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउनाका साथै नेपालको सामाजिक–आर्थिक विकासमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने जापानी राजदूतावासले विश्वास व्यक्त गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जापानले गोरखामा नेत्रहीन पुनर्वास केन्द्र स्थापना गर्ने

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More