जापानले थप २० वटा एफ ३५ए स्टिल्थ फाइटर विमान खरिद गर्ने

22 February, 2018 14:12 | जापान | comments | 93150 Views


 आगामी ६ वर्षमा कम्तिमा २० वटा एफ ३५ए स्टिल्थ लडाकु विमान खरिद गर्ने योजनामा जापान रहको र यीमध्ये केही वा सवै अमेरिकाको लकहिड मार्टिन कम्पनीबाट खरिद गर्ने स्रोतहरुले बताएका छन् ।

योजनाबारे जानकार एक स्रोतका अनुसार बजेट र विकास कार्यतालिकाको आधारमा करिव २५ वटा विमान हुनु उपयुक्त रहेको छ ।

adsads
सञ्चार माध्यमसंग बोल्ने अधिकार नभएको भन्दै उक्त स्रोतहरुले पहिचान गोप्य राख्ने शर्तमा यो जानकारी दिएका छन् । स्रोतका अनुसार अमेरिकाबाट प्रति विमान १० करोड डलरमा विमान खरिद गर्दा जापानलाइ प्रति विमान ३ करोड डलरको वचत हुनेछ । उक्त खरिदका अलावा यसअघिनै जापानले ४२ लडाकुको अर्डर गरिसकेको छ जुन जापानको प्रमुख रक्षा ठेकेदार मित्सुबिसी हेभी इन्डस्ट्रिजबाट संचालित फाइनल एसेम्ब्ली एण्ड चेक आउट परियोजनामा निर्माण भइरहेका छन् । उक्त परियोजना अमेरिकाबाहिरका दुइमध्येको एक हो भने अर्को इटलीमा रहेको जसलाइ लियोनार्डो स्पाले संचालन गरेको छ ।

स्टिल्थ विमान लगायत अन्य अत्याधुनिक विमान चीनले विकास गरिरहेको र उत्तर कोरियाले पनि आणविक तथा क्षेप्यास्त्र विकास गरिरहेको सन्दर्भमा एफ ३५ विमानहरुको खरिदले अमेरिकी सैन्य प्रविधिमाथी जापानको भरोसा बृद्धि गर्नेछ जसले पूर्वी एशियामा रहेका जापानका सम्भावित चुनौतिहरुलाइ पाखा लाउनमा रहयोग गर्नेछ ।

अमेरिका र उसका सहकर्मीले मिलेर अघि बढ्नुपर्छ : जापानी विज्ञ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More