जापानले बहिर्गमन कर लागु गर्ने

12 December, 2017 13:46 | जापान | comments | 56850 Views

२०२० टोकियो ओलम्पिक तथा प्यारलिम्पिक्सको पूर्वसन्ध्यामा २०१९ जनवरी ७ देखि सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी र उसको गठबन्धनमा रहेको कोमाइतो पार्टीले बहिर्गमन करको सुरुवात गर्ने योजनालाई सोमबार अन्तिम रुप दिएको स्रोतले बताएको छ ।

आर्थिक वर्ष २०१८ को कर सुधार योजना अन्तर्गत जापान छोडेर जाँदा प्रतिव्यक्ति एक हजार येन कर लगाउने योजनालाई प्यानलका उच्च अधिकारीहरुले त्यसै दिन स्वीकृत गरेका छन् । सुधार योजना प्यानलले औपचारिक रुपमा बिहिबार पारित गर्ने भएका छन् । नयाँ करबाटको आमदानी सुरक्षा अभिबृद्धि , अध्यागमन तथा भन्सारबाट आवतजावतमा तिब्रता दिन तथा बढ्दो बहुभाषिक हस्ताक्षरमा बृद्धि गर्न प्रयोग गरिने सम्भावना रहेको छ ।

२०२० सम्म वार्षिक ४ करोड तथा २०३० सम्म ६ करोड पर्यटकलाई आकर्षण गर्ने लक्ष्य राखेको सरकारले आगामी दिनरहरुमा पर्यटक बृद्धि गर्नका लागि निरन्तर आर्थिक स्रोत व्यवस्थापन गर्न यस्तो कदम चालेको हो । सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार २०१६ मा २ करोड ४० लाख ४ हजार विदेशी पर्यटकले जापान भ्रमण गरेका थिए ।

दक्षिण कोरियाजस्ता छिमेकी राष्ट्रहरुमा विद्यमान यस्ता कर प्रणालीका आधारमा उक्त योजना निर्धारण गरिएको हो भने टिकेटमार्फत अतिरिक्त कर संकलन गरिने छ ।

एउटै गाउँबाट वार्षिक एक करोडको दूध बिक्री

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!