जापानीसंग यौन सम्बन्धको लागि पनि समय छैन

16 February, 2017 18:00 | जापान | comments | 3 Views

sex-life आफ्नो पहिरन र सुन्दरतालाई प्राथमिकतामा राख्छने जापानका अधिकांस विवाहीत जाेडीहरु  संग भने  यौन सम्वन्धकाे लागि समय नहुने गरेकाे एक तथ्य सार्वजनिक भएकाे छ ।

जापानका आधी भन्दा धेरै जनसंख्या सेक्सलेस जीवन व्यत्तित गरी रहेका छन् । अनुसन्धानमा १६ बर्ष देखि ४९ बर्ष समूहका मानिसहरुले भाग लिएका थिए ।

जापानको परिवार नियोजन संघले गरेको अनुसन्धानमा धेरै जसो जोडीहरु हप्तामा केवल एक वा दु्ई पटक मात्र यौन सम्बन्ध बनाउने गरेकाे देखाएको छ ।

अनुसन्धान अनुसार ४७.२ प्रतिशत विवाहीत जोडीको यौन जीवन शुन्य बारबारको रहेको पाइएको छ । संघले सन् २००४ देखि यौन जीवनमा आधारित अनुसन्धान गर्ने थालेको हो ।

केही विवाहीत जोडीहरुले कामको कारणले कम समय नहुने र थकानको कारण यौन सम्बन्धमा रुचि नहुने बताएका छन् । जसले गर्द जापानमा बिवाहीत  जोडीबाट जन्मने बच्चाहरुको संख्यामा कमी एक प्रमुख कारण रहेको विश्लेषकहरु बताउदै आएका छन् ।

त्यस्तै जापानको नेशनल इन्स्टिच्युट अफ पपुलेसन् र सोसियल सेक्युरिटी रिर्सचले सन् २०१० मा गरेको यस्तै प्रकारको अध्ययनमा ३६.२ प्रतिशत पुरुष तथा ३८.७ प्रतिशत महिलाहरुले आफू भर्जिन रहेको बताएका थिए ।


जापानका अधिकांश मानिस भर्जिन


नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More