जापानी , अमेरिकी र रुसी वैज्ञानिक अन्तरिक्षमा

17 December, 2017 19:04 | विश्व समाचार | comments | 99900 Views

अमेरिकी , जापानी र रुसी अन्तरिक्षयात्रीहरु आइतबार काजाकस्तानबाट अन्तरिक्षयात्रामा निस्केको नासा टिभी प्रसारणले देखाएको छ ।

रस्कस्मसका कमान्डर एन्टन श्काप्लेरभ , जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीका हवाइ इन्जिनियर नोरिस्हिजे कानाइ र नासाका स्कट टिंगल स्थानिय समयअनुसार दिउँसोको १ बजेर २१ मिनेटमा बाइकोनुर कस्मोड्रोमबाट उडेका थिए । उनीहरु सेप्टेम्बरदेखि अन्तरिक्षमा रहेका रस्कस्मसका एलेक्जन्डर मिसर्किन र नासाका जो एकाबासंग पृथ्वीभन्दा ४०० किमिमाथि जोडिनेछन् ।

४१ वर्षिय कानाइ अन्तरिक्षमा यात्रा गर्ने १२ औ जापानी तथा महिनौसम्म अन्तराष्ट्रिय स्पेस स्टेशन (आइएसएस) मा रहने सातौँ जापानी भएका छन् । उनले जुनसम्मको अन्तरिक्षयात्रामा केयौँ मिसनहरुमा भाग लिनेछन् । आइएसएसको जापानी प्रयोगशाला किबोमा कानाइले भविष्यमा नयाँ औषधी विकासका लागि क्रिस्टल प्रोटिन बनाउने , अन्तरिक्षको वातावरणमा मुसाको अध्ययन गर्दै उसको स्वास्थ्यको परिक्षण गर्ने र अन्तरिक्षमा अल्ट्रा कम्प्याक्ट उपग्रह प्रक्षेपण गर्ने अपेक्षा गरिएको छ ।

अन्तरिक्षमा अत्याधुनिक सुपर कम्प्युटर पठाइदै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More