जापानी आकाश हुँदै हाइड्रोजन बम परिक्षण गर्ने उत्तर कोरियाको चेतावनी

23 September, 2017 14:40 | जापान | comments | 28950 Views

प्योङयाङले प्रशान्त क्षेत्रमा हाइड्रोजन बम परिक्षण गरेमा जापानी भुभागमा हाइड्रोजन बम जडित क्षेप्यास्त्र परिक्षण हुने रक्षा मन्त्री इत्सुनोरी ओनोडेराले शुक्रबार बताउनुभएको छ ।

राष्ट्रसंघलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु वा आफ्ना सहयोगीहरुको सुरक्षाको लागि उत्तर कोरियालाई पूर्ण रुपमा ध्वस्त गर्न पनि पछि नपर्ने भनाइपछि उत्तरले हाइड्रोजन बम परिक्षण गर्ने चतावनी दिएको अवस्थामा व्यालिस्टिक क्षेप्यास्त्रमा जडित हाइड्रोजन बम जापानी आकाश हुँदै परिक्षण हुने सम्भावनालाई रोक्न नसकिने ओनोडेराले जनाएका छन् ।

उत्तर कारियाली केन्द्रीय समाचार एजेन्सीका अनुसार नेता किम जोङ उनले वासिन्टनले उच्च स्तरको कठिनाइको सामना गनुपर्ने चेतावनी दिएका छन्  । उत्तरका विदेश मन्त्री रि योङ होले उच्च स्तरको खतरा प्रशान्त क्षेत्रमा हाइड्रोजन बम परिक्षण हुने जानकारी दिएका छन् ।
मन्त्रालयका मुख्य सचिव योसिहिडे सुगाले जापान सरकार जस्तो सुकै परिस्थितिको सामना गर्न पनि उच्च सतर्कतामा रहने प्रतिक्रिया दिएका छन् ।

एशियन रिसर्च अफेयर्स काउन्सिलले आयोजना गरेको एक कार्यक्रममा उत्तर कोरियाली विदेश मन्त्रीले उत्तर कोरियाको धारणालाइ कमजोर आँकलन गर्न नमिल्ने बताउनुका साथै प्रशान्त क्षेत्रमा परिक्षण हुने अबको आणविक हतियार जडित अन्तर महादेशिय ब्यालिस्टिक क्षेप्यास्त्रको असर निकै विशाल हुने समेत जनाएका छन् ।

उत्तर कोरियाद्वारा अर्काे हाइड्रोजन बम परीक्षणको धम्की

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More