Friday 26, May 2017
नेपाली समय: 01:49:22
जापानी समय: 05:04:22

जापानी आत्मारक्षा बलको विमान दुर्घटना अवस्थामा भेटियो

16 May, 2017

जापानी आत्मारक्षा बलको विमान दुर्घटना

सोमबार हराएको जापानी आत्मारक्षा बलको विमान उत्तरी जापानको होक्काईदोको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

उक्त विमानमा सवार चालक दलका सबै सदस्यको मृत्यु भएको छ । विमान टुक्रा टुक्रा भएकोले विमानको असली रुप पहिचान गर्न गाह्रो भएको छ । ओकदा एयरपोर्टबाट बिहान लगभग ११:२५ मा उडेको एलआर २ बिमान उडेको २० मिनेटपछि सम्पर्कविहीन भएको थियो । उक्त विमानले खराव मौसम भएको बेला उडान भरेकाले दुर्घटना भएको मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा विमानका क्याप्टेन इसाओ टोकमियागी, सहचालक मेजर तमोनी यनागिदा र दुई मेकानिस ताकामास ओकाया र सार्जेंट हिरोनोबू तमाकी रहेका छन् ।सोमबार हराएको विमान खोजकर्ताले होकुतो शहरको हकामगोशी हिमालको तीन किलोमीटर दुरीमा क्षतविक्षत अवस्थामा भेटिएको रक्षा मन्त्रालयले बताएको छ ।

सो दुर्घटना भएको क्षेत्र होकुतो शहरबाट १४ किलोमीटर दुरीमा रहेको छ । ६१६ मिटरमा फैलिएको पहाडमा पुग्दा बाक्लो बादलको कारण दृश्यान्तर भएर दुर्घटना भएको हुनसक्ने सम्बन्धित अधिकारीहरुले जनाएको जापान टुडेले समाचार लेखेको छ । आदर्श देवकोटा

जापानामा विमान दुर्घटना हुनबाट जोगियो

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo