जापानी कम्पनीले काठबाट विश्वकै सबभन्दा ठूलो भवन बनाउँदै

21 February, 2018 20:31 | जापान | comments | 91950 Views

विश्वमा गगनचुम्बी भवन स्टिल, सिमेन्ट, ब्लक आदिबाट निर्माण गरिन्छ । अब जापानमा काठबाट विश्वकै सबैभन्दा अग्लो भवन बन्ने भएको छ ।

adsads

जापानको एक कम्पनीले काठबाट ७० तले गगनचुम्बी भवन बनाउने घोषणा गरेको छ । सुमितोमो फरेस्ट्री कम्पनीले आफ्नो ३५० औं वार्षिकोत्सवका अवसरमा यस्तो भवनको तयारी गरेको हो ।

समाचार अनुसार ७० तलाको हुने सो भवनको नाम ‘डब्ल्यु ३५०’ टावर दिइएको छ र यसको निर्माणका लागि एक लाख ८० हजार घनमिटर काठ लाग्ने कम्पनीको अनुमान छ ।

कम्पनीका अनुसार भूकम्पबाट जोगाउनका लागि यो भवनको १० प्रतिशत हिस्सा भने स्टिलले ओगट्नेछ । काठ र स्टिलको स्तम्भसहित ‘ब्रेस्ड ट्युब स्ट्र्क्चर’ रहने छ ।

भवन ६० बिलियन येनको लागतमा निर्माण हुने अनुमान छ । यो भवनमा आठ हजार परिवारका लागि आवासको व्यवस्था गरिनेछ । प्रत्येक बालकनीमा वनस्पति हुने पनि कम्पनीले जनाएको छ ।

यो भवनका लागि यसै आकारका पारम्परिक भवन बनाउनभन्दा झण्डै दोब्बर बढी खर्च हुने कम्पनीले जनाइएको छ र यो भवन सन् २०४१ मा तयार पार्ने कम्पनीको योजना छ ।

मानिस र वन्यजन्तु एकैस्थानमा बस्न मिल्ने भवन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More