जापानी प्रधानमन्त्री आबे युरोप भ्रमणमा जाँदै

16 December, 2017 16:17 | जापान | comments | 117900 Views

जापान सरकारले प्रधानमन्त्री शिन्जो आबेको युरोपका तीन बाल्टिक राज्य सहित ६ देशको भ्रमणको तयारी गरिरहेको स्रोतले बताएको छ ।

जनवरी १८ सम्म हुने योजनाकृत सातालामो भ्रमणका क्रममा आबेले बुल्गेरिया , रोमानिया , सर्बिया , इस्टोनिया , लात्भिया र निथुआनियाको भ्रमण गर्ने कायक्रम रहेको छ ।

adsads
यस भ्रमणका कारण जनवरी १९ मा हुने भनिएको सामान्य डाइट सेसन जनवरी २२ देखि सुरु हुने सम्भावना रहेको छ । जापान युरोपियन युनियनले गत सातामात्र विश्वको सर्वश्रेष्ठ आर्थिक शक्ति बनाउनका लागि स्वतन्त्र व्यापार सम्झौता गरेका थिए । उनीहरुले यस योजनालाई २०१९ को सुरुवातमै लागु गर्ने लक्ष्य लिएका छन् ।

इयुको घुम्ति अध्यक्षता २०१८ मा बुल्गेरियाले गर्ने भएकाले आबेले यस सम्झौता लागु गर्नका लागि उनीहरुको सहकार्यको सुनिश्चितता गर्ने अपेक्षा गरिएको छ । स्रोतका अनुसार अत्याधुनिक आइटी प्रविधिका लागि परिचित इस्टोनियासंग साइबर सुरक्षाका क्षेत्रमा सहकार्य सुनिश्चित गर्ने आबेको प्रयास हुनेछ । गत जुलाइमा तय भएको आबेको भ्रमण मुसलधारे वर्षाका कारण प्रकोपको सामना गर्नुपरेकाले रद्द गरिएको थियो ।

जापानका प्रधानमन्त्री शिन्जो आबे जलवायु परिवर्तनको शिखर सम्मेलनमा सहभागी नहुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम कार्यालय

फेसबुक

प्रम कार्यालय

ट्वीटर

सामाजिक सञ्जाल

More