जापानी प्रधानमन्त्री आवे चार दिने युरोप भ्रमणमा

19 March, 2017 19:32 | जापान | comments | 4800 Views

जापानी प्रधानमन्त्री

जापानी प्रधानमन्त्री सिन्जो आवे चार दिने युरोप भ्रमणको लागि आइतबार त्यसतर्फ लाग्नु भएको छ । सो भ्रंमणको क्रममा सुरक्षाको मुद्दा सम्बन्धि छलफल हुने अनुमान गरिएको छ ।

उहाँले जर्मनी,फ्रान्स बेल्जियम र इटालीको भ्रमण गर्न त्यसतर्फ लाग्नु भएको हो । उहाँको यो युरोप भ्रमण अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले जापानको भ्रमण गर्नु भएको केही दिन पछाडी भएको छ ।

टिलर्सनको जापान भ्रमणको क्रममा उत्तरी कोरियाले बारम्बार क्षेस्यास्त्र परिक्षण गरी दिएको चेतावनीको विषयमा छलफल भएको बताइएको छ । टिलर्सनले टोक्योको भ्रमणपछि सोल र बेइजिङको पनि भंमण गर्नु भएको थियो ।

आबेले युरोपियन आयोगका प्रमुख जिन क्लाउडे जुनकारसँग पनि भेटवार्ता गर्ने कार्यक्रममा रहेको बताइएको छ ।

जापानी प्रधानमन्त्री आबे इटालीका प्रधानमन्त्री पाओलो जेन्टिलोनीसँग भेटवार्तापछि आगामी बुधबार जापान फर्किनु हुने छ ।

प्रधानमन्त्री आवेले मार्चको अन्त्यबाट युरोप भ्रमण गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More