जापानी भाषा वक्तृत्वकला उपाधिका लागि ११ जना छानिए

12 March, 2018 22:11 | जापान | comments | 82650 Views

टोकियोमा आगामी साता हुन लागेको सातौं नेपाकेन जापानी भाषा वक्तृत्वकला प्रतियोगिता उपाधिका लागि उत्कृष्ट ११ जना छनौट गरिएको छ ।

नेपाकेन जापानी भाषा वक्तृत्वकला प्रतियोगिता प्रचारप्रसार समितिका संयोजक राजेन्द्र पौडेलका अनुसार सहभागिताका लागि आवेदक मध्ये अन्तिम चरणका लागि ११ जना छनौट गरिएको हो ।

adsads
यसरी अन्तिम चरणको प्रतिस्पर्धाका लागि छनौट हुनेहरूमा सुगम वस्याल, ऋतु चापागाई, राजन आचार्य, विकास अधिकारी, दिविसा तुलाधर रहेका छन् ।

यस्तै भगवान कार्की, सुनिल पौडेल, सुमिता आचार्य, मिलनकुमार राई, सागर राय क्षेत्री र अलिसा दास रहेकी छन्।  कुल दुई दर्जन बढी नेपाली विद्यार्थीहरूको परेको आवेदन मध्ये विभिन्न आधारमा अन्तिम चरणमा पुगेकाहरूले आगामी आइतबार टोकियो रिस्योउ विश्वविद्यालयको सभाहलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: ५० हजार,३० हजार र २० हजार येन नगद सहित विभिन्न पुरस्कार हात पार्नेछन् । कार्यक्रम मुल आयोजक समितिका संयोजक धीषण निरौलाले जनाए अनुसार प्रतियोगितामा नेपाल जापान सम्वन्ध सहित विभिन्न विषयमा आफना भनाई राख्ने छन् ।

जापानिज भाषा वक्तृत्वकला प्रतियोगिताको उपाधि ब्रमचार्यलाई (भिडियो सहित)

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More