जापानी युवतीहरुमा कामको व्यस्तताले प्रेम सम्बन्धमा कमी

5 December, 2017 16:52 | जापान | comments | 17400 Views

जापानमा ६० प्रतिशत कामगर्न योग्य युवतीहरूले बढ्दो कार्यबोझकाबीच प्रेम सम्बन्ध स्थापित गर्न वाध्य रहेको पाइएको छ । यसले पनि जापानमा विवाह र जन्मदरमा कमी आइरहेको स्पष्ट भएको छ ।

जापान टाइम्सको अनुसार ‘कोकोलोनी डट जेपी’ नामक अनलाईन डेटिङ साइटको अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो ।

जापानका महिलाहरु अहिले पुरुषसरह नै कामकाजमा व्यस्त रहन्छन् । यस्तोमा कामले उत्पन्न थकानका कारण उनीहरु डेटिङमा जानु भन्दा पनि कामपछि सोफामा लमतन्न बसेर ओपेरा सुन्न रुचाउछन् ।

सर्वेक्षणको अनुसार, चार युवतीमध्ये एकजना आफ्नो दैनिक कामको थकानका कारण डेट गए पनि सुतिरहेका हुन्छन् । किनभने कार्यालय समयमा प्रेम गर्न असम्भव भएको कारण उनीहरु डेटमा जाने गर्छन ।

अर्को अनलाईन डेटिङ साइट लवली मिडिया अनुसार धेरैजसो महिलाहरुले डेट जाने परिपाटी नै त्यागिरहेका छन् । उनीहरु भन्छन यो भनेको केवल समय वर्वाद गर्नु मात्र हो । किनभने पुरुषहरु हामीहरुलाई गर्भाधारणको अन्तिम लक्ष्य बनाउँछन् जसको कारण एक आदर्श श्रीमान खोज्नको लागि मिल्ने मार्गहरू बदलिदिन्छन् ।

१९८० को सर्वेक्षण हेर्ने हो भने ६० प्रतिशत युवा युवतीहरु २० वर्षको उमेरमा आपसी सम्बन्धमा थिए जबकी आज यो समूह निकै कम रहेको छ । त्यसै कामको बोझ कम हुने हो भने महिलाहरु प्रेमको विषयमा सोच्ने तरिकामा परिवर्तन हुनसक्ने जापान टाइम्सले बताएको छ ।

सेक्स डलका कारण विवाह गर्ने जापानी पुरुषहरुमा कमी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More