जापानी रक्षा मन्त्रालयद्वारा क्षेप्यास्त्र प्रतिरक्षाका लागि ७३० मिलियन येन बजेट माग

11 December, 2017 18:09 | जापान | comments | 55950 Views

जापानी रक्षा मन्त्रालयले जमिनमा आधारित एइजिस क्षेप्यास्त्र सुरक्षा प्रणाली जडानका लागि अर्को आर्थिक वर्षमा ७३० मिलियन येन अनुरोध गरेको रक्षा मन्त्री इत्सुनोरी आनोडेराले आइतबार बताएका छन् ।

उत्तर कोरियाको बढ्दो आणविक तथा क्षेप्यास्त्र चुनौतिको सामना गर्न प्रधानमन्त्री शिन्जो आबेको प्रशासनले डिसेम्बर १९ मा एइजिस एशोर नामक क्षेप्यास्त्र सुरक्षा प्रणाली जडान गर्ने एक सरकारी स्रोतले जनाएको छ । उत्तरपूर्वी जापानको सेन्डाइमा रहेको सेल्फ डिफेन्स फोर्सको आधार अवलोकन गर्ने क्रममा ओनोडेराले उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र क्षमता बृद्धि गरिरहेको अवस्थामा जापानको सुरक्षा व्यवस्था सुदृढ तथा दिगो बनाउन आवश्यक रहेको पत्रकारहरुमाझ बताएका थिए ।

आगामी अप्रिल २०१८ मा सुरु हुने आर्थिक वर्षका लागि माग गरिएको बजेट भौगर्भिक गुणको सर्भे , जडान योजना तथा अन्य खर्चमा प्रयोग गरिने समेत ओनोडेराले बताए ।

अमेरिकाले उत्तर कोरियालाई क्षेप्यास्त्र परिक्षणका लागि उत्तेजित गरेको रुसको आरोप

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!