Thursday 27, April 2017
नेपाली समय: 10:53:03
जापानी समय: 02:08:03

जापानी राजकुमारीको समुपस्थितिमा च्यारिटी बजार मेला सम्पन्न (फोटो फिचर)

19 April, 2017

b

जापानमा विगत ४१ वर्षदेखि एसियन प्यासिफिक लेडिज फ्रेण्डसीप सोसाइटी (अल्फस)को आयोजनामा आयोजना हुँदैआएको च्यारिटी बजार मेला आज अप्रिल १९ तारिखका दिन सम्पन्न भएको छ ।

जापानी राजकुमारी हिताचीको समुपस्थितिमा सम्पन्न मेलामा जापानी राजकुमारीले नेपाली सिल्भरको लकेट खरीद गर्नुभएको थियो भने नेपाली दूतावासका तर्फबाट उक्त बजार मेलामा सिल्भरको करुवा प्रदान गरिएको थियो ।

c

जापानस्थित नेपाली राजदूतावासको प्रत्यक्ष सहभागिता रहेको सो कार्यक्रममा दूतावासले दुईवटा स्टल राखेको थियो भने नेपाली हस्तकलाका सामग्री, पश्मिना, नेपाली चिया तथा नेपाली खानाहरुको प्रबद्र्धन गरिएको थियो ।

मेलामा नेपाल लगायत २६ मुलुकका राजदूतावासहरुको सहभागिता रहनुका साथै ५० हजारभन्दा बढी जापानी तथा विदेशी नागरिकहरुले अवलोकन गरेका थिए ।

a

जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालकी धर्मपत्नी गंगा अर्यालको नेतृत्व र दूतावासका द्वितीय तथा तृतीय सचिवका श्रीमतीहरु क्रमशः तेजलक्ष्मी गिरी तथा कमला केसीको सहभागिता रहेको थियो भने जापानमा रहेका नेपाली महिलाहरुबाट उल्लेख्य सहयोग भएको थियो ।

img_1349

यो मेलाबाट नेपालका निर्यातयोग्य वस्तुहरु, नेपाली भेषभूषा तथा नेपाली खानाको प्रबद्र्धनमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

समारोहका केही झलकहरू:

d

e

f

g

img_1347

img_1348

तस्वीरहरू सौजन्य : नेपाली दूतावास टोकियो।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo