Saturday 25, March 2017
नेपाली समय: 09:44:50
जापानी समय: 12:59:50

जापानी राजदूत र मन्त्री थकालीबीच भेटवार्ता

10 January, 2017

Japanese Ambassadorवाणिज्यमन्त्री रोमी गौचन थाकालीसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले भेटवार्ता गर्नुभएको छ ।

मन्त्री थकालीको कार्यकक्ष सिंहदरबारमा भएको सो भेटमा उहाँहरूबीच द्विपक्षीय हित र आर्थिक सहयोगका साथै व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री थकालीले जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा द्विपक्षीय व्यापार र लगानी थप प्रवद्र्धन हुने अपेक्षा गर्नुभयो ।

राजदूत ओगावाले नेपालको विकासमा जापानको सहयोग निरन्तर रहने बताउँदै द्विपक्षीय हितका लागि सरकार र निजी क्षेत्रको तहमा व्यापार र लगानी वृद्धि हँुदै जाने बताउनुभयो ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo