Saturday 25, February 2017
नेपाली समय: 10:51:37
जापानी समय: 02:06:37

जापानी सम्राट अकिहितोद्वारा गद्दी त्याग्ने इच्छा प्रकट

14 July, 2016

जापानका वयोवृद्ध सम्राट अकिहितोले आफ्नो जिम्मेवारी ५६ वर्षीय जेठा छोरा राजकुमार नारुहितोलाई सुम्पिने इच्छा प्रकट गर्नुभएको यहाँको सञ्चारमाध्यम एनएचकेले सूचनाको स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

akihito

पछिल्ला वर्षमा बुढ्यौली र विविध स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रस्त ८२ वर्षीया अकिहितोले जापानको राज्य प्रमुखका रुपमा २७ वर्ष लामो अनुभव लिइसक्नुभएको छ । यदि अकिहितोले जिम्मेवारीबाट अलग्गिएमा जापानी इतिहासमा दुई सय वर्षयता उहाँ नै जीवितै सम्राटबाट बाहिरिने पहिलो व्यक्ति हुनुहुनेछ ।

सम्राट अकिहितोको सन् २००३ मा प्रोस्टेट क्यान्सर र चार वर्ष पहिलो मुटुको बाइपास सर्जरी गरिएको थियो ।मैले बुढ्यौलीको महसुस गर्न थालेको छु र समय–समयमा गल्ती गर्ने गरेको छु, डिसेम्बरमा आफ्नो जन्मदिन मनाउनुपूर्व उहाँले गरेको प्रेस सम्मेलनमा बताउनुभएको थियो ।

तर जापानको क्योदो न्युज एजेन्सीले एक सरकारी स्रोतलाई उद्धृत गर्दै सम्राट अकिहितोको स्वास्थ्यको कारण जिम्मेवारीबाट बाहिरिनुपर्ने अवस्था नआएको बताएको छ ।

यो पनि हेर्नुस – जापानी सम्राटलाई फ्लूको संक्रमण

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads