जापानी सह अर्थ मन्त्रीद्वारा यौन दुव्र्यवहारको आरोप अस्वीकार

16 April, 2018 18:42 | जापान | comments | 68250 Views


एक साप्ताहिक म्यागजिनले महिला पत्रकारमाथी यौन दुव्र्यवहार गरेको भन्दै गरेको आरोपलाई अस्वीकार गर्दै जापानी अर्थ मन्त्रालयका एक वरिष्ठ व्युरोक्रेटले उक्त प्रकाशकविरुद्ध मुद्दा दायर गर्ने प्रतिज्ञा गरेको मन्त्रालयले एक वक्तव्मा बताएको छ ।

प्रशासनिक सह अर्थ मन्त्री जुनिची फुकुदाले रक्सीको मातमा एक महिला पत्रकारसंग उनको स्तन छुने र उनलाई किस गर्ने प्रस्ताव गरेको गत बिहिबार शिन्चो म्यागजिनले छापेको थियो ।

adsads
फुकुदाको भनाइलाई उद्धृत गर्दै मन्त्रालयले महिला पत्रकारकसंग वार्तालाप गरेको वा उनीसंग खानाका लागि गएको आफुलाई याद नभएको उनले बताएका छन् । यौन दुव्र्यवहार गरेकोबारे कुनै प्रतिक्रिया फुकुदाले नदिएको मन्त्रालयले बताएको छ । अर्थ मन्त्री तारो आसो र मन्त्रालयका अधिकारीहरुमा नागरिकहरुको अविस्वासका लागि आफुले माफी मागेको समेत फुकुदाले बताएका थिए । आफले गम्भिरताका साथ जिम्मेवारी पुरा गर्ने बताउँदै फकुदाले राजिनामा दिने कुनै संकेत भने देखाएनन् ।

गत साता फकुदाले आफुसंग उक्त विषयमा कुरा गरेको आसोले संसदीय समितिमा बताएका थिए । आसोका अनुसार फकुदाले कैयौँ मानिसहरुलाई व्यक्तिगत रुपमा भेटेको र हरेक वार्तालाइ पुष्टि गर्न असम्भव रहेको र आगामी दिनमा यस्ता विवाद निम्त्याउने गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आसोले फुकुदालाई सावधान गराउँदै कुनै प्रकारको कारवाही भने अघि बढाएनन् ।

यौन दुव्र्यवहारपछि जेल, जेलपछि फेरि विवाह

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More