जापानी सैनिक हेलिकोप्टर सम्पर्क बिहिन

17 October, 2017 23:16 | जापान | comments | 13050 Views

 

जापान

चालक दलका चार सदस्यसहित उडेको जापानी सैनिक हेलिकोप्टर बिहीबार मध्य जापानबाट सम्पर्क बाहिर गएको बताइएको छ । जापानी अधिकारीका अनुसार विमान दुर्घटना भएको आशंका  गरिएको छ ।

यूएच–६० जे प्रशान्त महासागर क्षेत्रको आकाशमा उडिरहेको अवस्थाबाट बेपत्ता भएको सैनिक अधिकारीले बताएका छन् । दक्षिण हमामाट्सुबाट ३० किलोमिटर टाढा पुगेपछि सम्पर्क बाहिर पुगेको थियो ।

रक्षामन्त्री इतसुनोरी ओनोडेराले सञ्चारसँग भने, विमान वेपत्ताभएपछि आकासबाट हेलिकोप्टरको भाग छुटेर आएको सुचनाका आधारमा एक उद्धार टोली प्रशान्त महासागर क्षेत्रमा पठाइएको छ ।” प्राप्त सूचना अनुसार हेलिकोप्टरबाट छुट्टिएर समूद्रको पानीमा तैरिएको हुनसक्ने केही टुक्राहरूलाई केन्द्रित गरी उद्धार टोलीले विमानको खोजी गरिरहेको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

भारतीय सैनिकको हेलिकोप्टर दुर्घटना, तीनको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More