जापान-अमेरिकाबीच उत्तर कोरिया र व्यापार विषयमा समझदारी

18 October, 2017 17:04 | जापान | comments | 14100 Views

जापानको उपप्रधानमन्त्री तारो ओसो र अमेरिकी उपराष्ट्रपति मैक पेन्सबीच उत्तर कोरियामाथि दबाव बढाउने कुरामा समन्वय गर्ने सहमति गरेका छन् ।

सो सहमति सोमबार भएको हो । अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसमा हुन गैरहेको द्विपक्षीय आर्थिक छलफलको दोस्रो चरणको सुरुवातमा पेन्सले उत्तर कोरियाका नेता किम जोङ्ग उनको सरकारलाई अलग गर्न अमेरिका र जापान मिलेर काम गर्ने समेत बताएका छन् ।

उपप्रधानमन्त्री आसोले उत्तर कोरिया एक गम्भीर खतरा भएकाले पनि जापान अमेरिका गठबन्धनको महत्वलाई रेखांकित गर्दछ र यस गठबन्धनमा आर्थिक सम्बन्धनको ठूलो महत्व रहेको बताएका छन् ।

बैठकपछिको समझदारी गरिएको कागजातमा दुवै देशले जाँच प्रणालीलाई सरल बनाएर जापानमा अमेरिकी वहानहरूको आयात बढाउने विषयमा पनि बिचार गर्ने बताएका छन् । दुवै देशले प्राकृतिक ग्याँसको आयातमा पूर्वाधार विकास र थप सहयोगको बारेमा छलफल गरे।

तर, यस कागजातमा विशिष्ट व्यापार नीतिहरु उल्लेख नभएका कारणले गर्दा जापान र अमेरिकाबीच मतभेद छ । अमेरिकी अधिकारिकहरुले जापानसंग द्वीपक्षीय खुला व्यापारको सम्झौतामा कुराकानी गर्ने बताएका छन् ।

– आदर्श देवकोटा

कोरियाली प्राय:द्विपमा जापानी र अमेरिकी लडाकुको अभ्यास

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More