जापान , अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासप्रति रुसको आलोचना

12 December, 2017 14:55 | विश्व समाचार | comments | 81000 Views

जापान , अमेरिका र दक्षिण कारियाले उत्तर कोरियालाइ लक्षित गर्दै संयुक्त रुपमा गरेको सैन्य अभ्यासले हिस्टेरिया बढाउने र त्यस क्षेत्रमा थप अस्थिरता उत्पन्न गराउने भन्दै रुसी सैन्य प्रमुखले चेतावनी दिएका छन् ।

उत्तर कोरियाको हतियार कार्यक्रले बढाएको तनावको अवस्थामा अमेरिका , जापान र दक्षिण कोरियाले सुरु गरेको दुइ दिने क्षेप्यास्त्र अभ्यासपछि रुसी सैन्य प्रमुख भ्यालेरी जेरासीमोभले टोकियोमा उक्त चेतावनी दिएका हुन् । जापानी रक्षा मन्त्री इत्सुनोरी आनोडेरासंगको भेटवार्ताको सुरुवातमै जेरासीमोभले उत्तर कोरियाको सिमामा यस्ता सैन्य गतिविधिले हिस्टेरिया बढाउने र स्थिति असन्तुलित पार्ने अभिव्यक्ति दिएका हुन् ।

नोभेम्बर २९ मा उत्तरले अहिलेसम्मकै अत्याधुनिक क्षेप्यास्त्र परिक्षण गरेको र यो अमेरिकी आक्रोशको सामना गर्न अपरिहार्य रहेको प्रतिक्रिया दिएको थियो । सैन्य अभ्यासलाई उत्तरले आक्रमणको सुरुवातको रुपमा लिने भन्दै रुसजस्तै चीनले पनि बारम्बार अमेरिका र दक्षिण कोरियालाई यस्ता अभ्यास स्थगन गर्न अनुरोध गर्दै आएको छ ।

जापान, अमेरिका र दक्षिण कोरियाद्वारा सामुद्रिक सैन्य अभ्यास

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More