जापान ओलम्पिकका लागि रंगशाला निर्माणमा तिब्रता

13 September, 2017 16:06 | जापान | comments | 14700 Views


निर्माणस्थलमा २२ वटा क्रेनको प्रयोग गरेर १० महिना पछि जग बनाउने काम सकिएसंगै जापानको ओलम्पिक रंगशाला निर्माणले गति लिँदै छ । निर्माण सक्न २ वर्ष मात्र बाकी भएकाले निर्माणकार्य तिब्रगतिमा भइरहेको छ ।

ओलम्पिक मन्त्री शिनुची सुजुकीले मंगलबार रंगशालाको निरिक्षणमा निर्माण कार्य योजनाअनुसार भइरहेको जानकारी दिएका थिए । उनले २०१९ नोभेम्बरको निर्धारित समयमा निर्माणकार्य सक्न आवश्यक प्रविधिको प्रयोग भइरहेको पनि जानकारी दिएका छन् ।

१५० बिलियन येनको बजेट रहेको यो रंगशाला निर्माणमा दैनिक १००० जना कामदार कार्यरत रहेका निर्माण योजना तथा व्यवस्थापन अधिकारीले जानकारी दिएका छन् भने छाना , इन्टेरियर र इक्टेरियर संगै निर्माण गर्दा दैनिक ३००० जनाको आवश्यकता पर्ने पनि उनले जनाए ।

२०११ को भुकम्पसुनामीका कारण कामदारको संख्या घट्दै गएकाले निर्माण कार्यमा ढिलाइ भइरहेको र अत्यधिक कार्यभारका कारण कामदारहरु पाउन समस्या भइरहेको वित्रहरुको ठम्याई रहेको छ ।

जापानले २०२० को ओलम्पिकमा नेपालसंग सहकार्य गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More