“जापान विद्यार्थी पठाएर मात्र हुँदैन, उनीहरुको जिम्मेवारी पनि लिनुपर्छ” (भिडियो)

6 March, 2018 20:09 | अन्तरवार्ता | comments | 114900 Views

नेपालमा जापानी भाषा प्रशिक्षण केन्द्रहरु खुल्ने क्रम बढ्दो छ । जापानप्रति नेपाली विद्यार्थीहरुको चासो बढ्दै गएको र जापान जानेहरुको संख्या वृद्धि भएसंगै भाषा प्रशिक्षण केन्द्र पनि बढ्न थालेका छन् ।

adsads

नेपालमा जापानी भाषा प्रशिक्षण दिनेहरुको एउटा छाता संगठन छ- जापानी ल्यांग्वेज एसोसिएशन नेपाल (जाल्सान) । सन् २०११ मा स्थापना भएको जाल्सानले जापान विद्यार्थी पठाउने परामर्शदाता र भाषा प्रशिक्षण केन्द्रहरुको अनुगमन गर्ने गर्दछ । अनि जापान जाने विद्यार्थीहरुलाई सही परामर्श दिने वातावरण यसले बनाइरहेको अध्यक्ष सुनील वज्राचार्य बताउनुहुन्छ ।

अध्यक्ष वज्राचार्य जापानमा विद्यार्थी पठाउनु मात्र ठूलो कुरा नभएको बताउनुहुन्छ । उहाँका अनुसार भाषाको राम्रो ज्ञानसंगै त्यहाँको वातावरण, कामको अवस्था तथा त्यहाँको सामाजिक, कानुनी पक्षलाई पनि ज्ञान दिनुपर्छ ।

नेपालमा जापानी भाषाको लोकप्रियता बढ्दै गएपछि काठमाडौंमा जापानी भाषा वक्तृत्वकला पनि आयोजना भैरहेको छ । यस वर्ष यही मार्च १० मा सो प्रतियोगिता हुँदैछ ।

नेपालमा जापानी भाषाका विषयमा जाल्सान अध्यक्ष सुनील वज्राचार्यसंग गरिएको भिडियो कुराकानी यहाँहरु सममक्ष प्रस्तुत छ-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More