जीतमा देउवाको दोहोरो ह्याट्रिक, हारमा भट्टको, कास्कीमा रविन्द्रको ह्याट्रिक

10 December, 2017 15:17 | राजनीति | comments | 28950 Views

मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस इतिहासमै सबैभन्दा कमजोर देखिए पनि सो पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने जीतको दोहोरो ह्याट्रिक गर्नुभएको छ ।

सभापति देउवाको व्यक्तिगत इतिहास रचिए पनि पार्टी भने उहाँकै कार्यकालमा उहाँको इतिहास निर्माणसंगै इतिहासमै सबैभन्दा नाजुक मोडमा पुगेको छ । देउवाले यसपटक पनि विजय प्राप्त गरेसंगै दोहोरो ह्याट्रिक पूरा गर्नुभएको छ ।

त्यस्तै यसपटकको निर्वाचनमा कास्की क्षेत्र नं. २ का रविन्द्र अधिकारीले पनि ह्याट्रिक पूरा गर्नुभयो । उहाँ २०६४ र २०७० को संविधानसभामा निर्वा्चित हुनुभएको थियो । यसपटक बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा अधिकारीले आफ्ना प्रतिद्वन्द्वीलाई ९ हजार मत अन्तरले पराजित गरी ह्याट्रिक गर्नुभयो ।

देउवाले सम्पन्न निर्वाचनमा विजय प्राप्त गरेसंगै दोहोरो ह्याट्रिक पूरा गर्नुभएको छ । २०४८ सालको संसदीय निर्वाचनदेखि लगातार अपराजित रहँदै आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक पनि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो ।

उहाँले वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई हराउनुभयो । भट्ट यसअघि दुईपटक देउवासंग हारिसक्नुभएको थियो ।

देउवाले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पार्नुभयो भने भट्टले २१ हजार ११५ मत ल्याउुभयो । ०४८, ०५१ र ०५६ सालको निर्वाचनमा विजयी हुनुभएका देउवा पहिलो संविधानसभाको निर्वाचन ०६४, दोस्रो संविधानसभाको निर्वाचन ०७० र प्रतिनिधिसभा निर्वाचन ०७४ मा पनि विजयी भएर डबल हृयाट्रिक गर्नुभयो

माओवादी नेता भट्टले भने एउटै नेतासंग हारमा हृयाट्रिक गर्नुभयो । पहिलो संविधानसभा निर्वाचन ०६४ बाट देउवासंग प्रतिस्पर्धामा आउनुभएएका भट्ट ०७४ सालसम्म आउँदा तीनवटा निर्वाचनमा देउवासँगै पराजित हुनुभयो ।

देउवाले पहिलो संविधानसभा निर्वाचन ०६४ मा भट्टलाई झिनो मतले पराजित गर्नुभएको थिए भने ०७० सालको निर्वाचनमा भट्ट देउवासँग दोब्बर मत अन्तरमा पराजित हुनुभयो र यस पटकको निर्वाचनमा पनि देउवाले फराकिलो अन्तरमा भट्टलाई हराउनुभयो ।

प्रधानमन्त्री देउवा छैटौँ पटक विजयी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More