जीवन बाँचेकोमा ‘खुदा सुक्रियादा’ (भिडियो सहित)

23 September, 2017 15:56 | समाज | comments | 7650 Views


प्रकाश कँडेल :- ७० वर्षिय साजनले बुढ्यौली उमेरमा देश छोड्नु पर्छ भन्ने सायदै सोचेकी थिइनन् होला त्यसमा पनि आफ्ना आफन्तको शव माथि कुल्चँदै अत्यास लाग्दो विदेशी भूमिको अनकन्टर पार गर्नु पर्छ भन्ने पनि उनलाई लागेको थिएन तर नियतीले उनलाई त्यस्तै बनायो ।

अल्पसंख्यक रोहिंगाले पनि म्यानमारमा प्रजातान्त्रीक सरकारको उदयसँगै आफ्नो नियतिमा सुधार हुने अपेक्षा गरेका थिए । तर जुन्ता सरकार भन्दा बरबर ढंगको अत्यचारमा पिल्सीएर साजन आफ्ना आफ्न्त गुमाएर उनीहरुको सम्झना सँगाल्दै बंगलादेशबाट काँकडभित्ता हुँदै कपन सम्म आइन अनिमात्र लामो सास फेरिन र आफन्तको सम्झनामा आँसु चुहाउने फुर्सद पाइन ।

 

जब सेना बस्ती पस्छ त्यसपछि बालबच्चा, श्रीमती, बुबा, आमा कसैको पनि चासो हुन किनकी आफ्नो ज्यान बचाउन सबैजना संघर्ष गर्न थाल्छन । आँखा अगाडि निर्मम हत्या भएको क्रुर यर्थाथलाई पचाउँदै उनिहरु बाँच्नका लागि लासमाथि दौडन्दै बंगलादेशको सिमामा आइपुग्छन् । सिमा पार गरेत जिबनका अरु केहि वर्ष सुरक्षित भएको महसुस गर्छन यद्धपि त्यसपछि ज्यान त बाँच्छ तर जिवनको संघर्षको अर्को रुप विदेशी भुमिको पीडाले उनीहरुमाथीको निर्ममताको अर्को रुप देखाउँछ ।

आफ्ना साथी काठमाडौंमा रहेको जानकारी पछि नुरलमी नेपाल आउन त्यसरी नै भाग्छन भारतीय प्रहरीले बंगलादेशको सिमाबाट दुई पटक सम्म फिर्ता पठाएपछि दलाल मार्फत भारत छिर्छन र काँकडभित्ताबाट नेपाल पस्छन साथी सोफि आलमले काठमाडौंबाटै बसको टिकट काटिदीएपछि उनि कपन सम्म आइपुग्छन् । तर उनले आफ्नो ज्यानलाईत कपन ल्याइपुर्याए तर आफ्ना अरु परीवार कहाँ छन् भन्ने उनलाई जानकारी छैन् । ‘सायद मरिसके होलान किनकी उनिहरुको जन्मनै हामिलाई मार्न भएको हो ।’ गहभरी आँसु बनाएका उनले नेपालीहरुको मायाले बाँच्ने आश ब्यक्त गरे ।

त्यसोत दुई वर्ष अघिनै काठमाडौं आएका सोफी आलमको कथा पनि कम दर्दनाक छैन् तस्विर देखाउँदै उनले भने ‘मेरो बाबालाई खुकुरी रोपे अहिले बंगलादेशको अस्पतालमा जिवनमरणको दोसाँधमा हुनुहुन्छ ।’ उनले भने ‘आँखा अगाडि बच्चलाई घाँटी काट्छन अनि महिलालाई बलत्कार गरेर स्तन काट्दै हत्या गर्छन् ।’

यो भयावह अवस्थाबारेमा बताउँदै गर्दा सोफि आलम आफुलाई समाल्न सक्दैनन् र भन्छन ‘खुदा सुक्रियादा’कम्तीमा बाँच्न पाएँ ।सोफिको भनाई मान्ने हो भने अहिले कपनमा रहेका रोहिंगाहरुका आफ्ना आफन्तहरु मात्र नेपाल आएका छन् । किनकी उनीहरुको सम्पर्कमा रहनेहरु नेपाल आउँछन अरु धेरै त बंगलादेशमानै रहेका छन् ।

यो पनि हेर्नुहोस् :- रोहिंग्या शरणार्थी भारत हुँदै नेपाल छिर्दा प्रहरीले पत्तै पाउँदैन 

सोफिले नेपालमा पनि कम दु:ख गरीरहेका छैनन् उनीभन्छन ‘हामि जिबन बाँच्नका लागि ठुलो संघर्ष गछौं मइले साथीलाई ल्याउनका लागि केहि थिएन पैसा पठाउने माध्या त्यसैले बसपार्क पुगेर टिकट काउन्टरमा पैसा बुझाएर साथिलाई काठमाडौं ल्याए ।’

अहिले काठमाडौंमा उनीहरु निकै कम मुल्यमा ज्यालादारी गरेर जिबन बाँचीरहेका छन् सोफिया भन्छन ‘हामीलाई ठेकदारले निकै कम पैसा दिन्छ त्यसमापनि हामि खुसिसाथ काम गरेर जिवन धानिरहेका छौं ।’ त्यसोत उनले आफुहरुसँग शरणाथी प्रमाण पत्र भएको भन्दै अहिले आफ्ना नाममा आउने पैसा कसैले खाइरहेको उनको मत छ उनि भन्छन ‘युएन ले दिने पैसा आउनु पर्ने हो तर आउँदैन कसैले खाइरहेको छ ।’

पछिल्लो समयको बर्बता सँगै अब रोहिंगा संकट म्यानमारको रहेन यो दक्षिण एसियाको समस्याका रुपमा रह्यो र त्यहि समस्याबाट नेपाल पनि अछुतो रहेन् । जसले पाँचवर्ष यता कपनको राम मन्दिर र आसपासका क्षेत्रमा रोहिंगाहरुलाई शरणार्थीका रुपमा धानी रहेको छ ।

 यसै सन्दर्भमा गरिएको स्थलगत भिडियो रिपोटिङ्ग यहाँ प्रस्तुत गरिएको छ :-   

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More