जेठ १३ देखि प्रदेश नं २ को बजेट अधिवेशन

22 May, 2018 19:35 | प्रदेश , प्रदेश २ | comments | 61050 Views

प्रदेश सरकारले नीति र बजेट ल्याउने तयारीका साथ यही जेठ १३ गतेका लागि प्रदेश नं २ को वर्खे अधिवेशन आह्वान गरिएको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सो बैठक आह्वान गर्नुभएको हो ।

adsads

प्रदेशसभाको २६औँ बैठकले यही जेठ ३ गते राति १२ बजेदेखि लागू हुनेगरी पहिलो अधिवेशन अन्त्य गरेएको थियो । प्रदेशसभा तथा सरकार सञ्चालनका लागि महत्वपूर्ण कानून निर्माण गर्न ढिलाइ भइरहेकाले जेठ १३ गतेका लागि वर्खे अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । वर्खे अधिवेशनको प्रथम बैठक आगामी आइतबार दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयका उपसचिव रञ्जित यादवले जानकारी दिनुभयो ।

आगामी अधिवेशनले पहिलो अधिवेशनमा टेबुल भएका विधेयकमाथिको छलफललाई निरन्तरता दिनेछ । उक्त अवधिमा प्रदेश सरकारले पेश गरेका विभिन्न आठ वटा विधेयकमध्ये मात्र दुई वटा विधेयक पारित भएका थिए ।

प्रदेशसभा सचिवालयमा दर्ता रहेका विधेयकमा जिल्ला समन्वय समिति, नगरसभा र गाउँसभाका सदस्यले पाउने सुविधासम्बन्धी विधेयक, जिल्ला, नगर र गाउँसभा बैठक सञ्चालनसम्बन्धी विधेयक, सार्वजनिक लिखत प्रमाणीकरण विधेयक र मन्त्रिपरिषद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक छन् ।

यीबाहेक अन्य सात वटा विधेयकको मस्यौदा सरकारले टुंगो लगाइसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव देवीराम भण्डारीले बताउनुभयो ।

प्रदेश नं २ को आर्थिक कार्यविधि पारित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More