जेठ १६ देखि प्रदेश ४ को वर्षे अधिवेशन

22 May, 2018 23:44 | गण्डकी प्रदेश | comments | 71100 Views

प्रदेश नं ४ प्रदेश सभाको वर्षे अधिवेशन यही जेठ महिनाको १६ गते बुधबार दिनको ४ बजेका लागि आह्वान गरिएको छ । 

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिशअनुसार प्रदेश प्रमुख बाबुराम कुँवरले सो बैठकको आह्वान गर्नुभएको हो ।

adsads

यस अधिवेशनले विशेषगरी सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका साथै बजेट ल्याउने प्रदेश प्रमुखको कार्यालयका सचिव देवी ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार संवैधानिक व्यवस्थाअनुसार असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ ।

संविधानको धारा, १८३ बमोजिम प्रदेश प्रमुखले मन्त्रिपरिषद्को सिफारिशमा अधिवेशन आह्वान र अन्त्य गर्ने प्रावधान रहेको छ ।

प्रदेश ४ मा कानून निर्माण प्रक्रियाले गति लिँदै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More