‘टाइगर जिन्दा हे’को दोस्रो गीत सार्वजनिक (भिडियो)

4 December, 2017 15:34 | कला/मनोरन्जन , वलिउड | comments | 36750 Views

सलमान खानको आगामि फिल्म ‘टाइगर जिन्दा हे’ को दोस्रो गीत रिलिज भएको छ।

वर्षकै प्रतिक्षित फिल्मको रुपमा हेरिएको उक्त फिल्मको रोमान्टिक गीत ‘दिल दिवाना गल्लान’ सार्वजनिक भएको हो।
सार्वजनिक गीतमा विशाल धडलानी र शेखरले संगीत दिएका छन् भने अतिफ अश्लामले गीतमा स्वर दिएका छन्। भिडियोमा सलमान र कट्रिना कैफ फिचरिङ छन्।

यशराज फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् । ‘एक था टाइगर’को सिक्वेलका रुपमा निर्माण भएको फिल्म ‘टाइगर जिन्दा हे’डिसेम्बर २२ बाट प्रदर्शनमा आउँदैछ।

यस फिल्म भारतीय नर्स अपहरणको सत्य घटनामा आधारित छ। फिल्ममा बन्धक बनेकाहरुलाई रिहाई गरी देश फर्काउन सलमान लागेका हुन्छन्। उनलाई साथ पाकिस्तानी जासुसको भुमिकामा कट्रिनाले साथ दिएकी छिन्।

‘टाइगर जिन्दा हे’को ट्रेलर सार्वजनिक, पुन: एक्सन अवतारमा फर्किए सलमान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खुकुरी

फेसबुक

खुकुरी

ट्वीटर

सामाजिक सञ्जाल

More