टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिने निर्णय फिर्ता गर्न एमालेको माग

19 May, 2017 22:25 | जन सरोकार | comments | 5550 Views

नेकपा (एमाले)ले कैलालीको टीकापुरमा भएको आठ जना सुरक्षाकर्मी र एक जना शिशुको बीभत्स हत्यामा संलग्नलाई राजनीतिक आवरण दिई उन्मुक्ति दिन सरकारले गरेको निर्णय फिर्ता गर्न माग गरेको छ ।

एमालेका सचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी उक्त निर्णय फिर्ता गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा विधिको शासन, सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगका पटकपटकका फैसला तथा निर्देशन एवम् मानव अधिकारका विश्वव्यापी मूल्य मान्यता विपरीतको उन्मुक्ति दिने निर्णयले दण्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने उल्लेख गरिएको छ ।

एमालेले घटनाको तथ्यपूर्ण एवम् निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याई दण्डहीनता अन्त्य गर्न तथा मानवअधिकार र विधिको शासनको पालना गर्न समेत सरकारलाई आग्रह गरेको छ ।  २०७२ साल भदौ ७ गते टीकापुरमा हिंसात्मक घटनामा नौ जनाको ज्यान गएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More