टीवीआई विदेशमा सबैभन्दा बढी कारोबार गर्ने नेपालीको कम्पनी

13 December, 2016 10:25 | अर्थ | comments | 87900 Views

bhawan-bhatta

गैरआवासीय नेपाली संघ आईसीसी उपाध्यक्ष भवन भट्टको लगानी रहेको कम्पनी टीवीआई ग्रुप विदेशमा लगानी गरेका नेपालीमध्ये संभवत सबैभन्दा बढी रकमको कारोबार गर्नेमा पर्ने दावी गरिएको छ ।

टीवीआईका अध्यक्ष समेत रहनुभएका भट्टले अमेरिकाको डलासमा शनिवार नेपाली व्यवसायीसंगको छलफलमा सम्भवतः सबैभन्दा बढी रेभेन्यु भएको नेपाली व्यवसायीमा आफूहरु नै रहेको बताउनुभएको हो ।

जापानलाई कर्मथलो बनाइरहेका भट्टले आफ्नो कम्पनी जापानको शेयर बजारमा सुचिकृत गर्ने पहल गरिरहेको जानकारी समेत दिनुभयो । टीवीआई अन्तर्गत जापानमा १ सय ४८ रेष्टुरेण्ट, होटल लगायत विभिन्न व्यवसाय छन् ।

नेपालको पर्यटन प्रबद्र्धनका लागि गैरआवासीय नेपाली संघले चलाएको अतिथि देवो भव कार्यक्रमका संयोजक समेत रहनुभएका भट्टले नेपालमा पनि होटल, सञ्चार, वियर लगायतका क्षेत्रमा झण्डै दुई अर्ब नेपाली रुपैंया लगानी गर्नभएको छ ।

भट्टको कम्पनीमा जापानमा मात्र चार हजार जापानीले काम गर्छन् । आफ्नो कम्पनी विस्तारको सूत्र बताउँदै भट्टले आफूले सकेसम्म पुरानो बन्द हुने अवस्थामा पुगेको व्यवसाय किन्ने र सलाई पुर्नसंरचना गरेर सञ्चालनमा ल्याउने गरेको र सले गर्दा छिटो समयमा व्यवसाय सञ्चालन गर्न सकिने दावी समेत गर्नुभयो ।

कार्यक्रममा एनआरएन पनि नेपाली र नेपाललाई धनी बनाउन लागि परेको संस्था भएको बताउँदै डालस टेक्ससका नेपाली व्यवसायीसंग उहाँले आफू विदेशमा जाँदा सुरुका कथा पनि तपाईहरुका जस्तै छन् भन्दै सफलताको कथाा सुनाउनुभएको थियो ।

अध्ययनका लापग जापान जानुभएका भट्ट सुरुमा अरुको काम गर्दागर्दै नेपाली पश्मिना बिक्री गर्दा तीन करोड रुपैंया जति फाइदा भयो त्यहीबाट व्यवसाय सुरु गरेको जानकारी दिनुभयो ।

का्र्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल, उपाध्यक्ष राम सी पोखरेल, कोषाध्यक्ष वेद बस्नेत, टेक्सस च्याप्टर अध्यक्ष उत्तम लामिछाने, सल्लाहकार सुनिल शाह सदस्य विनोद तिवारी नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने, व्यवसायी हरिवोल भण्डारी, पासागं लामा, गौरी जोशी लगायतको सहभागिता थियो ।

राष्ट्र निर्माणको काम चान्स होइन च्वाइस हो : भवन भट्ट (भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More